वैदेशिक रोजगारः अवसर भन्दा चुनौती धरै

आजको खबर   |    प्रकाशित : २०७५ पुष ३ गते ६:३४

निर्मला घिमिरे

काठमाडौं। वैदेशिक रोजगार नेपाली कामदारका लागि अवसर भन्दा चुनौती बढी बनेको छ। साहुसँग ऋण लिएर वैदेशिक रोजगारका लागि खाडीलगायतका मुलुकमा जाने नेपाली कामदार उल्टै थप ऋणको भारी बोकेर नेपाल फर्किन बाध्य छन्।

विभिन्न कारणबाट समस्यामा पर्दै आएका नेपाली कामदारको उद्धार प्रकृया भने नेपालमा छरितो हुन सकेको छैन। नेपालमा वैदेशिक रोजगारमा जाने नेपाली श्रमिक अलपत्र पर्दा उद्धारका लागि विदेश स्थित नेपाली नियोग, श्रम तथा परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, कन्सुलर सेवा विभाग लगायत विभिन्न संयन्त्र संलग्न छन्। तर जति धेरै संयन्त्र छन्, सोही अनुरुप वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको समस्या भने जस्ताको त्यस्तै छ।

कुनै नेपाली कामदार विदेशमा अलपत्र परेमा श्रमिकको उद्धार गर्न झण्डै वर्ष भरी नै समय लाग्छ। श्रमिकको मृत्यु भएमा शव नेपाल ल्याउन त्यस्तै समस्या छ। पीडितका परिवारले राहत पाउन त्यस्तै समस्या छ। नेपाली कामदार रोजगारका लागि विदेश जानै पर्ने समस्या छ। नेपालमै केही गर्न चाहने नेपाली कामदारले पनि नेपालमा भने जस्तो पर्याप्त रोजगारका वातावरण सिर्जना नहुँदा वैदेशिक रोजगरमा जानै पर्ने बाध्यता छ।

नेपालबाट वैदेशिक रोजगारमा जाने नेपाली कामदारको संख्या कति छ भन्ने यकिन तथ्यांक नभएपनि ४० लाख भन्दाबढी नेपाली श्रमिक वैदेशिक रोजगारमा संलग्न रहेको सरकारी अनुमान छ। जसमध्ये १० प्रतिशत भन्दाबढी नेपाली श्रमिक विदेशमा अलपत्र पर्ने गरेको बताउँछन् साउदीका लागि नेपाली दूतावासका पूर्व श्रमसहचारी भोजराज घिमिरे।

उनले नेपाली कामदारले परदेशमा दुख पाउनुमा नेपालका निकायको कमजोरी रहेको बताए। नेपाली श्रमिकहरुलाई विदेश जानुभन्दा लिइने ओरेन्टिएसन क्लास र क्षमता अभिवृद्धि कार्यक्रम लगायतमा प्रभावकारी कार्यान्वयन नभएको उनले दाबी गरे।

विदेशमा कसरी अलपत्र पर्छन नेपाली श्रमिकरु

नेपाली श्रमिक वैदेशिक रोजगारका क्रममा विभिन्न समस्यामा पर्दै आएका छन्। सोझा, अदक्ष नेपाली कामदारमा भाषागत समस्या हुँदा उनीहरु बढी समस्यामा पर्ने गरेको एक तथ्यांकले देखाएको छ। नेपाली श्रमिकले नेपालमा जुन श्रम सम्झौता गरेर कामका लागि विदेशिएका हुन्छन् सोही अनुसारको काम विदेशमा नपाउने समस्या रहेको छ। त्यस्तै करार अवधि सकिए पनि काम गर्न बाध्य पारिने समस्या नेपाली कामदारको सबैभन्दा ठूलो समस्या रहेको प्रवासी नेपाली समन्वय समिति ९पीएनसीसी० को एक अध्ययनले देखाएको छ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका उपसचिव दिनबन्धु सुवेदी भन्छन्, ‘नेपाली श्रमिकको समस्याको जड नेपालबाट नै सुरु हुन्छ।’ नेपाली कामदार वैदेशिक रोजगारमा जानु अगाडि नै नेपालबाट नै नेपाली कामदार समस्यामा पर्ने गरेका छन्। अदक्ष तथा अर्धदक्ष कामदारहरु विदेशमा बढी संख्यामा ठगिने र समस्यामा पर्ने उनी दाबी गर्छन्।

विदेशमा कमाउन गएका नेपाली विदेशमा भनेजस्तो काम नपाउने, काम पाएपनि सम्झौता अनुसार भन्दा कठिन काम गर्न बाध्य हुने, समयमा तलब नपाउने, करार अबधि समाप्त भएपछि काम गरिरहन बाध्य हुने लगायतका समस्या रहेको पाइएको छ। साउदीमा सबैभन्दा ठूलो समस्या नेपाली कामदारको करार अवधि समाप्त भएपछि पनि काम गरिरहनुपर्ने र भनेको समयमा तलब नदिने जस्ता रहेको बताउँछन् राहदानी विभागका सहसचिव विजय कुमार राउत।

सहसचिव राउतले भने, ‘नेपाली कामदार करार अवधि सक्किँदासम्म पनि काम गर्न बाध्य हुन्छन्। उनीहरुको अकामा ९साउदी स्थित लेवर लगायतका काम गर्ने श्रमिकलाई दिइने परिचय पत्र० को समय सक्किएपनि उनीहरुलाई नेपाल पनि आउन नदिने र काममा लगाइ रहने कम्पनीले गर्ने हुँदा नेपाली कामदार साउदीमा अबैध बन्छन् र अलपत्र पर्छन्।’

साउदीमा नेपालीले ठूलो संख्यामा ब्लडमनी तिर्नुपर्ने अर्को निकै जटिल समस्या समेत रहेको छ। खास गरेर ड्राइभिङ कामका लागि गएका नेपाली श्रमिकले जेलजीवन बिताउनुपर्ने र ठूलो रकम ब्लडमनी तिर्नुपर्ने समस्या छ। तीन चार लाख रुपैयाँ ऋण गरेर परदेशमा कमाउन गएका नेपालीहरुले करोडौँ ब्लडमनी तिरेर फर्कनु पर्ने समस्या छ।

सहसचिव राउतले साउदीमा ड्राइभिङ कामका लागि जाने पुरुष श्रमिक साउदीको सडकको नियम थाहा नहुँदा र उनीहरुको लाइसन्स, इन्सुरेन्सलगायतको व्यवस्था नहुँदा समस्यामा पर्ने गरेको बताए। नेपाली श्रमिकहरु ठूलो संख्यामा विदेश गएर कमाएको रकम थोरै संख्यामा नै जेलमा परेका नेपालीको उद्धारका लागि रकम तिर्नुपर्दा नै सक्किने उनले दाबी गरे। वैदेशिक रोजगारमा गएका नेपाली श्रमिक सबैभन्दा ठूलो संख्यामा मलेशियामा समस्यामा पर्ने गरेको प्रवासी समन्वय समिति ९पीएनसीसी० को तथ्यांकले देखाएको छ।

पीएनसीसीले ५ वर्षको अबधिमा मलेशियामा विभिन्न समस्यामा परेका १५ सयभन्दा बढी नेपाली कामदारलाई उद्धार गरेको छ भने मलेशियापछि साउदीमा समस्यामा परेका १ हजार भन्दा बढी नेपाली कामदारको उद्धार गरेको छ। विदेशमा अलपत्र परेर फर्कने नेपाली कामदारहरुको वास्ताविक तथ्यांक भने यो होइन। ठूलो संख्यामा नेपाली कामदार विदेशमा समस्यामा पर्ने गरेका छन्। कामका लागि गएका नेपाली श्रमिकहरु बाकसमा ठूलै संख्यामा फर्कन बाध्य छन्। डिसी नेपालबाट

२०७५ पुष ३ गते ६:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर