कर्मचारीले कार्यालयमा मोबाइल चलाएर बस्ने सर्वसाधारणको गुनासो, रेनु दाहालको यस्तो उत्तर

आजको खबर   |    प्रकाशित : २०७५ पुष ४ गते १३:५२

चितवन। पेक्षाकृतरुपमा विकास निर्माणले गति लिन नसकेको भन्दै गुनासो बढी रहेको बेला भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले छोटो समयमा महत्वपूर्ण कामहरुको थालनी भएको बताएकी छिन । महानगरले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सबैको गुनासो सुनेपछि उनले विकास निर्माणलाई तीव्र गति दिने बताएकी हुन्।

छोटो समयमा सबै काम हुन नसक्ने भन्दै उनले प्राथमिकताका आधारमा विकास निर्माण अगाडि बढाइएको जानकारी दीइन। उनले मेट्रोसभाहल, क्रिकेट मैदान, अटोल्याण्ड, बहुउद्देश्यीय भवनको निर्माणका लागि काम भइरहेको बताएकी छिन् ।

चालू आवको चार महीनामा ३१.३८ किलोमिटर सडक कालोपत्र गरिएको, ५२.७७ किलोमिटर सडक ग्राभेल गरिएको र २.५ किलोमिटर ढल निर्माण गरिएको पनि उनले बताइन।
उपप्रमुख पार्वती शाह र प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले महानगरले समग्रमा गरेका कामसँगै पूर्वाधार, सुशासन, स्वास्थ्य, शैक्षिक प्रशासन, कृषि, पर्यटन, राजश्वलगायत क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताए ।

सो अवसरमा उपस्थित सर्वसाधारणले अपेक्षाकृतरुपमा विकास निर्माणले गति लिन नसकेको भन्दै गुनासो गरेका थिए । उनीहरुले कर्मचारीले कार्यालयमा मोबाइल चलाएर बस्ने गरेको, सेवाग्राहीको कामलाई महत्वका साथ नहेरिएको, पार्किङको व्यवस्थापन राम्रो नभएको, महानगर कार्यालयको भौतिक संरचना अभाव भएको, कर बढी भएको जस्ता गुनासा गरेका थिए । कार्यक्रममा जिल्लाका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । रासस

 

२०७५ पुष ४ गते १३:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर