प्रधानमन्त्री केपी शर्मा ओलीलाई नागरिक अभिनन्दन गरिने

आजको खबर   |    प्रकाशित : २०७५ पुष ४ गते १५:१४

इलाम । यही पुस २० गते इलाममा आयोजना हुने लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दनसहित सम्मान गरिने भएको छ ।

राष्ट्र निर्माणमा पु¥याएको योगदानको कदर गर्दै प्रधानमन्त्री ओलीलाई इलाम नगरपालिकाले अभिनन्द गर्ने भएको हो । इलामको विकासमा समेत प्रधानमन्त्रीले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै सम्मानस्वरुप अभिनन्दन गरिने नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।

सो अवसरमा पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, इलामबाट प्रतिनिधित्व गरेका सांसद तथा उद्योगीकोसमेत उपस्थिति रहने जनाइएको छ ।

२०७५ पुष ४ गते १५:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर