प्रियंका र निकको बिहेको भव्य रिसेप्शन पार्टी: परिवार र साथीहरुलाई हिजो, आज सेलिब्रिटीलाई

आजको खबर   |    प्रकाशित : २०७५ पुष ५ गते ३:५७

प्रियंका चोडपा र निक जोनासले बुधबार मुम्बईमा आफ्ना पारिवारिक सदस्य र साथीहरुका लागि बिहेको रिसेप्शन दिए । जुहूस्थित होटल जे। डब्ल्यू म्यारिटमा भएको यो रिसेप्शनमा प्रियंका ब्लू गाउनमा देखिइन् भने निक जोनास ग्रे शूटमा देखिए ।

रिसेप्शनका क्रममा निक र प्रियंकाले रोमाण्टिक पोज दिए । निक कुनैबेला प्रियंकाको हात समाइरहेका देखिए पनि कतिबेला दुबै एकअर्कामा हराएका जस्तो लाग्थ्यो ।

प्रियंकाकी आमा डा। मधु चोपडा यसक्रममा ग्रे कलरको नेट सारीमा देखिइन । रिसेप्शनमा प्रवेशगर्दा उनको पश्चिमी कल्चर देखियो । उनले पाहुनाहरुलाई फ्लाइंग किस दिइरहेकी थिइन् ।

प्रियंका र निकबीच यही डिसेम्बर १ र २ मा राजस्थानको जोधपुरस्थित उम्मेद प्यालेसमा इसाई र हिन्दु परम्पराअनुसार बिहे भएको थियो । बिहेपछि यो जोडिले पहिलो रिसेप्शन दिल्लीमा ४ डिसेम्बरमा दिएको थियो ।

बुधबार परिवार र साथीका लागि रिसेप्शन दिइयो भने बिहीबार अर्थात आज सेलिब्रिटीजका लागि रिसेप्शन दिइने जनाइएको छ ।

२०७५ पुष ५ गते ३:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर