यि हुन् ‘थ्री इडियट्स’का असली फुंसुक वांगडु ! हेर्नुहोस् उनका चमत्कार

आजको खबर   |    प्रकाशित : २०७५ पुष ५ गते १०:२२

मुम्बइ। तपाइँले आमिर खानकोसुपरहिट फिल्म ‘थ्री इडियट्स’ हेर्नुभयो ? यो फिल्ममा सुरुदेखि नै रणचोरदास शामलदार चांचड उर्फ रेन्चो नामले चिनिएका आमिर खानको वास्तविक पहिचान फिल्मको अन्तिममा मात्र खुल्छ । उनले आफ्नो वास्तविक नाम फुंसुक वांगडु भएको बताउँछन् ।

आमिर खानको यो भूमिका काल्पनिक होइन । उनको भूमिका वास्तविक जीवनबाट प्रेरित छ । आमिरले जुन इन्जिनियरको भूमिका फिल्ममा गरेका थिए ती इन्जिनियर वास्तविकतामै छन् । ती इन्जिनियर हुन् लद्दाखका सोनम वांगचुक । उनले अहिले पुरानो गाडी प्रयोग गरेर घर बनाएपछि निकै चर्चामा छन् ।

सोनमले बनाएको घरको एक भागको छत गाडीले बनेको छ । अहिले यो फोटो सामाजिक संजालमा भाइरल भइरहेको छ । यतिमात्र होइन महिन्द्रा गाडी कम्पनीका प्रमुख कार्यकारी आनन्द महिन्द्राले पनि यी फोटो शेयर गरेका छन् । सोनमले घरको छतमा महिन्द्रा कम्पनीकै गाडी बोलेरो प्रयोग गरेका छन् ।

सोनम लद्दाखमा हिमालयन इन्ष्टिच्युट अफ अल्टरनेटिभ्स चलाउँछन् । आमिर खानले फिल्म ‘थ्री इडियट्स’मा गरेको भूमिका सोनममै आधारित थियो । आनन्द महिन्द्राले ट्वीट गर्दै सोनमको इन्ष्टिच्युटमा कुनै पनि चीज काम नलाग्ने भनेर खेर नजाने उल्लेख गरेका छन् ।

सोनमले कार छतमा यस्तो गरी फिट गरेका छन् कि गाडी कहीँ पनि ढाकिएको छैन । गाडीका सबै ढोका खोल्न सकिन्छ । ढोकामा गाडीको नम्बर प्लेट पनि राखिएको छ । टाढाबाट हेर्दा यो गाडी कुनै घरमाथि चढाइएको जस्तो देखिन्छ ।

२०७५ पुष ५ गते १०:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर