१५ वर्षीया बालिका माथि जबरजस्ती करणीको अभियोगमा ६ जना पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ पुष ५ गते १२:०५

काठमाडौं । धादिङ्ग घर भई हाल चन्द्रागिरी नगरपालिका ६ मातातीर्थ बस्ने १५ वर्षीया बालिकालाई बुधबार बेलुकी जबरजस्ती करणी गरेको अभियोगमा कैलाली अत्तरिया नगरपालिका ६ घर भएका ३३ बर्षीय डब्बल बहादुर बोहोरालगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

चन्द्रगिरी नगरपालिका ६ महालक्ष्मीस्थान नजिक बालिकालाई अपरिचित व्यक्तिहरुले त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

२०७५ पुष ५ गते १२:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर