भ्रष्टाचार गरेको आरोपमा पूर्व गवर्नर रावलसहित तीन जना विरुद्ध मुद्दा दायर

आजको खबर   |    प्रकाशित : २०७५ पुष ५ गते १२:३०

काठमाडौं । करिब ३ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा राष्ट्र बैंकका पूर्वगवर्नर डा. तीकल रावलसहित तीनजा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।

अख्तियारले सन् २००२ मा अस्ट्रेलियामा छापिएको रु १० को दरको पोलिमर नोट छपाईमा भ्रष्टाचार गरेको भन्दै तत्कालिन गवर्नर डा. रावल, तत्कालिन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौड्याल र स्थानीय एजेण्ट हिमालयबहादुर पाँडेविरुद्ध जनही ९१ लाख ९ हजार ८ सय ८९ रुपैयाँ ५८ पैसा बराबर विगो मागदावी गर्दै आरोप पत्र दायर गरको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

डा. रावल गवर्नर हुँदा राष्ट्र बैंकले अस्टे्रलियाको सरकारी कम्पनी नोट प्रिटिंग अस्ट्रेलियाबाट रु १० को दरको ५ करोड थान नोट छापिएको थियो । सो नोटको गुणस्तर कमजोर भएको र महंगो भएको भन्दै अख्तियारले छानविन थालेको थियो ।

छानविनमा अख्तियारले अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको भन्ने आधारमा छानविन गर्दा आरोप पुष्टि भएको भन्दै आरोप पत्र दायर गरेको हो ।

अख्तियारले बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधी बिचका निरन्तर पत्राचार हुने भएको अनुसन्धानमा पाइएको बताएको छ ।

यस्तै छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउनका लागि मिडियाकर्मीहरुलाई थाईल्याण्ड हुदै अष्ट्रेलिया पठाएको, नोट छपाईका लागि जसलाई पछि कार्यादेश दिइएको हो उसलाई नै बोलपत्र पूर्व नै नोटको डिजाईन गर्न लगाएको, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियतले कमिशन उल्लेख नगरेको, परल मूल्य प्रति हजार अस्ट्रेलियन डलर ६८ बाट अस्ट्रेलियन डलर ४ बढाउन लगाई सोही बमोजिम बोलपत्र र सम्झौता गरेको जनाएको छ ।

यस्तै नेपाल राष्ट्र बैंकका एव् नोट प्रिन्टिङ अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराई नोक्सानी पुर्याएको र आफू समेतलाई फाइदा पुग्ने कसुर गरेको सप्रमाण पुष्टि भएको भन्दै अख्तियारका तत्कालिन पदाधिकारीविरुद्ध  आरोप पत्र दायर गरिएको जनाएको छ ।

 

२०७५ पुष ५ गते १२:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर