देश समृद्धको बाटोमा अघि बढ्दै छ : प्रचण्ड

आजको खबर   |    प्रकाशित : २०७५ पुष ५ गते १३:१०

चितवन । नेपाल कम्युनिष्ट पार्टी(ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई समृद्ध बनाउन सामान्य भन्दा अभियानात्मक रुपले अघि बढ्नु पर्ने बताएका छन्। चितवन पारस नगरमा सहिद स्मृति माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो भनाइ राखेका हुन्।

“अहिले बसिरहेको हाम्रो पार्टीको स्थायी समिति बैठकमा दुई महिना तुरुन्तै अभियान चलाउने र देशभरी जनतालाई र पार्टीका नेता तथा कार्यकर्तालाई साथै अन्य राजनीतिक दलहरुलाई पनि समृद्धिको यात्रामा सँगसँगै सहभागी गराउने तिर योजना बनाउँदै छौं,” प्रचण्डले भने।

उनले केही समयदेखि सामुदायिक विद्यालय खस्किँदै जाने, निजी र व्यापारिक विद्यालयहरु फस्टाउँदै जाने रोग लागेकोमा दुईचार वर्ष यता फेरि सामुदायिक विद्यालय पनि प्रतिष्पर्धामा आफूलाई खरो उर्ताने प्रक्रियामा आएको बताए।

अध्यक्ष प्रचण्डले थपे, “अहिले हाम्रो पार्टी र सरकारले निर्वाचनको बेला घोषणा पत्रमा भने बमोजिम सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने कुरा र विद्यालयको शिक्षा बेरोजगार पैदा गर्ने शिक्षा नहोस् भनेर प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिँदै जाने प्रक्रियामा रहेका छौं।”

२०७५ पुष ५ गते १३:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर