१७ वर्षपछि फरार दम्पती पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ पुष ५ गते १६:४८

वालिङ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बहुविवाह अभियोगमा सजाय तोकी फरार रहेका प्रतिवादीलाई आज पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार आँधीखोला गाउँपालिका–६ घर भई पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्दै आएका ४४ वर्षीय नरहरि ढकाल र उनकी श्रीमती ३५ वर्षीया जानुका ढकाललाई पोखराबाट पक्राउ गरी सजाय भुक्तानीका लागि जिल्ला कारागार स्याङ्जामा पेश गरिएको छ ।

ढकालकी जेठी श्रीमती ढाकादेवीले २०५७ मङ्सिरमा जिल्ला अदालत स्याङ्जामा मुद्दा हाल्नु भएको हो । विसं २०५८ असारमा जिल्ला अदालतले दुवै जनालाई एक-एक महीना कैद र रु एक हजार जरिवानाको फैसला गरेको थियो । उनीहरु त्यसयता फरार रहेका थिए ।

२०७५ पुष ५ गते १६:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर