यसकारण नेकपा स्थायी कमिटीमा उठ्यो सरकार पुर्नगठनको कुरा

आजको खबर   |    प्रकाशित : २०७५ पुष ६ गते २:४७

झापा। गठबन्धनबाट बनेको सरकार बिस्तारै पाटी एकता पछी नेकपाको सरकार बनेको हो । पछिलो समयमा सरकारका केही मन्त्रीले राम्रोसँग काम नगरेको भन्दै केही मन्त्री परिवर्तन हुन सक्ने चर्चा चल्यो। सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायातका शिर्ष नेताहरुले नै केही मन्त्री परिवर्तन गर्ने बताएपछि सरकार पुर्नगठनको चर्चालाई झन् चुलियो ।

जब प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहका विष्णु रिमालले समेत मन्त्रीहरुको कामलाई सुक्ष्म ढंगले अनुमन गरिरहेको बताएपछि त सरकार केही मन्त्री परिवर्तन हुनेमा कुनै शंका रहेन। तर, एका-एक प्रधानमन्त्री केपी ओलीले सरकारका कुनै पनि मन्त्री परिवर्तन नहुने बताएर सरकार पुर्नगठनको वहसलाई पूर्ण विराम लगाइ दिए।

दुई तिहाइ बहुमतको सरकारले जनभावना अनुसार काम गर्न नसकेको, सरकारका केही मन्त्रीहरु बद्नाम भएको भन्दै सरकारको आलोचना हुन थालेपछि सरकार पुर्नगठनको चर्चा चलेको थियो, तर प्रधानमन्त्री ओलीले नै सरकार पुर्नगठन नहुने बताएर यो वहसलाई पूर्ण विराम लगाएपनि नेपाल कम्युनिष्ट पार्टीको जारी स्थायी कमिटी बैठकमा नेतृत्व र सरकारको आलोचना गर्दै स्थायी कमिटी सदस्यहरुले सरकार पुर्नगठनको माग गरेका छन्।

यसै विच बुधबारको बैठका स्थायी कमिटी सदस्य रघुजी पन्तले सरकारको काम कारवाहीप्रति असुन्तुष्टि जनाउँदै सरकार पुर्नगठनको माग गरेका छन्। तर सरकारको काम कारवाहीलाई लिएर पार्टी भित्र र बाहिरबाट चर्को आलोचना हुन थालेपछि फेरि एक पटक सरकार पुर्नगठनको चर्चा चल्न थालेको छ। प्रधानमन्त्रीले दैनिक १८ घण्टासम्म खट्ने तर भनेजस्तो नजिता आउन नसक्ने अवस्थाका कमजोरी कहाँ छ भनेर खोज्ने बेला आएको प्रधानमन्त्री निकट नेताहरुले नै बताउन थालेका छन्।

पछिल्लो समय मुलुकको शान्ति सुरक्षालाई लिएर सरकारको चर्को आलोचना हुने गरेको छ भने राजधानीलगायत मुलुकका सडक मर्मत सम्हार नभएको भन्दै सरकारको थप आलोचना हुने गरेको छ। केही समय अगाडि प्रधानमन्त्रीमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सबै मन्त्रीको सुक्ष्म अनुगमन भइरहेको अभिव्यक्ति दिएका थिए।

पछिल्लो समय केही मन्त्रीप्रति प्रधानमन्त्री ओली असन्तुष्ट गरेको बालुवाटार निकट स्रोतले जनाएको छ। ‘प्रधानमन्त्रीज्यू पनि केही मन्त्रीको कार्यशैलीप्रति सन्तुष्ट हुनुहुन्न,’ स्रोतले भन्यो, ‘यसको अर्थ सरकार पुर्नगठन हुन्छ भन्ने त होइन तर मन्त्रीको कार्यशैली सुधार्नलाई निर्देशन दिन सक्ने संभावना देखिएको छ।’

२०७५ पुष ६ गते २:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर