पत्याउनु हुन्छ ? जमिनको सतह भन्दा ३ हजार फिटमुनि यस्तो बिचित्रको गाउँ

आजको खबर   |    प्रकाशित : २०७५ पुष ६ गते ७:०३

एजेन्सी । दुनियाँमा रहेका बिभिन्न होटल तथा रिसोर्टहरुमा रात बिताउनका लागि मानिसहरु लाखौँ खर्च गर्ने गर्दछन् । तर अमेरिकामा एउटा यस्तो भूमिगत गाउँ रहेको छ , जस्को बारेमा धेरैलाई थाहा नहुन सक्छ । यद्यपि यो गाउँमा बर्सेनि लाखौँको संख्यामा पर्यटक आउने गर्दछन् ।

अमेरिकाको प्रसिद्ध ग्राण्ड क्यानोन नजिकै जमिनभन्दा ३ हजार फिट तल रहेको हवासू क्यानोनस्थित सुपाई नामको यो भूमिगत गाउँ हेर्नका लागि वर्षमा ५५ लाख मानिस एरिजोना आउँदछन् । हवासू क्यानोन नजिकै रहेको एउटा गहिरो खाडीमा उक्त गाउँ अवस्थित रहेको छ ।

त्यस गाउँमा रेड इण्डियन जातिका मानिसहरु बसोबास गर्दछन् । सो गाउँको कूल जनसंख्या २ सय ८ जना रहेको छ ।
यो गाउँमा आवागमनका साधन सीमित रहेकोले यस गाउमा जान पैदल जानु वा खच्चडमा चढेर जानु दुईमात्र विकल्प रहेका छन् । यो गाउँ आधुनिक दुनियाँबाट अलग्गै रहेको छ ।

त्यो गाउँमा खच्चडमा राखेर चिठीपत्र तथा मालवासमानको ढुवानी हुने गरेको छ ।

२०७५ पुष ६ गते ७:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर