यस्तो छ सनी लियोनी २ करोडमा नेपाल आउनुको रहस्य ! (भिडीयो सहित)

आजको खबर   |    प्रकाशित : २०७५ पुष ६ गते ११:०२

एजेन्सी। पोर्न चलचित्रबाट बलीहुड क्षेत्रमा जमेकी सनी लियोनी यती बेला नेपाली चलचीत्र जगतको हट केक बनेकी छिन् । आफ्नै सिग्नेचर सब्द रहेको गीत सन्नी हो मेरो नाममा आइटम गर्लको रुपमा काम गरेकी उनले नेपाली चलचित्र जगतमा पाएको पारश्रमिकको बिषयलाई लिएर सर्बत्र चर्चा भइरहेको छ ।

हिन्दि चलचित्रबाट राम्रो करियर बनाई सकेकी विश्व प्रसिद्द अभिनेत्री सनी नेपाली चलचित्र पासबर्डको एउटा गितमा आइम गर्लका रुपमा देखापरेकी हुन् । यस गीतमा आइटम डान्स गरेबापत सनी लियोनलाई २ करोड पारीश्रमीक दिइएको छ । सनी हो मेरो नाम बोल गरेको उक्त गितको सुटिङ लण्डनमा भएको हो ।

सिनेम्याक्स लण्डन लिमिटेड संगको सहकार्यमा बन्न लागेको सो फिल्ममा फिल्म ‘ह्याप्पी डेज’मार्फत अभिनयमा डेब्यु गरेका विक्की जोशी, दुई नवनायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत मुख्य कलाकार छन् । विक्की फिल्मका क्रिएटिभ निर्देशक समेत हुन् ।

सस्पेन्स, एक्सन र थ्रीलर जानरामा बन्ने फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । उनको यो पहिलो फिचर निर्देशन हुनेछ । यसअघि उनले दर्जनौं फिल्ममा एक्सन कोरियोग्राफी गरिसकेका छन् । सौरभ लामाको छायांकन हुने फिल्मलाई सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेत मिलेर लेखेका हुन् । संगीत निर्देशन अर्जुन पोखरेलको हुनेछ । फिल्मका गीतहरुलाई रामजी लामिछानेले डान्स कोरियोग्राफी गर्नेछन् ।

भिडियो पुरा हेर्नुहोस….

२०७५ पुष ६ गते ११:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर