दाङमा बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १० पुग्यो

आजको खबर   |    प्रकाशित : २०७५ पुष ६ गते १३:०७

दाङ ।  दाङमा बस दुर्घटा हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ  ३१ जना सवार बस तुलसीपुर–कपुरकोट सडकखण्डको तुलसीपुर ३ राम्रीमा दुर्घटना भएको हो। आठजना घाइतेको राप्ति अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीका अनुसार बस राम्रीको बाटोबाट ५ सय मिटर तल खोल्सामा खसेको छ।

बा ४ ख ९७६६ नम्बरको सहीद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालय सल्यानको बस दुर्घटनामा परेको हो। कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा शिक्षक तथा विद्यार्थी चढेकोे बस दुर्घटना भएको प्रहरीको भनाइ छ।

२०७५ पुष ६ गते १३:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर