घरको कोठा कुन दिशामा कस्तो बनाउने ?

आजको खबर   |    प्रकाशित : २०७५ पुष ६ गते १६:४९

सर्वप्रथम पूजा कोठा, यो कोठा जहिले पनि सुरक्षित स्थानमा हुनुपर्छ । त्यसको लागी सबैभन्दा उत्तर पूर्व(इशान) कोणमा, पूर्वको भित्तामा भगवानको मन्दिरलाई व्यक्ति पूर्वपट्टि फर्केर पुजा गर्दा त्यो पुजा सबैभन्दा उत्तम मानिन्छ । जहाँ सूर्य उदाउदा घाम पनि लागोस्, हावा पनि खुल्ला रुपमा चलोस् ।

त्यो पूजा कोठा सबैभन्दा राम्रो मानिन्छ । सामान्यतया हामीहरुले यस्ता कुरालाइ नबुझि पुजा गर्ने ठाउँ सिढिको छेउको सानो भाग अथवा अध्यारो सानो कोठामा राख्ने गछौँ, जुन एकदमै गलत हो ।

यस्तो ठाउँमा गरेको पुजाले फल दिनु भन्दा पनि पिडा मात्र दिन्छ । ठीक त्यसै गरी घरको सबभन्दा मूल मान्छे अथवा अभिभावकलाई सबैभन्दा राम्रो कोठा भनेको दक्षिण पश्चिम दिशामा अर्थात नैरित्य कोण राम्रो मानिन्छ ।

किनकी उत्तर पूर्वबाट आएको उर्जा दक्षिण पश्चिममा आएर ठक्कर खान्छ र त्यो उर्जा घरभरि फैलिन्छ । उर्जा आउने र पवित्र ठाउँमा पुजा कोठा राख्नुपर्छ र उर्जा ठोकिने ठाउँमा मुख्य मान्छे बस्यो भने उसको दिमागले सहि कुरा सोच्न सक्छ । सबै कुराले पूर्ण हुन्छ । जसले गर्दा सबैलाइ राम्रोसँग बुझाउन पनि सक्छ ।

परिवारलाई मातहतमा राख्न सक्छ । त्यसैले दक्षिण पश्चिममा घरको मुल मान्छे बस्नु उपयुक्त हुन्छ । पढ्ने बालबच्चाहरुको लागी भने पूर्वको कोठा र पश्चिमको कोठा राम्रो हुन्छ । जहिले पनि पूर्व फर्केर पढ्दा राम्रो हुन्छ भने सुत्दा बच्चाहरुको सिरानी पनि पूर्वतिर नै फर्काउदा राम्रो हुन्छ । ठूलो मान्छेका लागी दक्षिणपट्टि सिरानी राखेको राम्रो हुन्छ ।

त्यसैगरी बैठक कोठाको लागी उत्तर पूर्व अर्थात उत्तरपट्टिको कोणलाइ राम्रो मानिन्छ । पूर्व, उत्तर पनि राम्रै मानिन्छ तर दक्षिणको ढोका राम्रो मानिदैन । दक्षिण कोठामा बैठक बनाउदा बढी स्थिर हुन्छ । त्यस्तो ठाउँमा कोहि पाहुना आए भने रुमबाट छाडेर जाने मनै गदैनन् ।

वास्तुशास्त्री जोशीका अनुसार सामान्यतया एकदिनका लागी आएका पहुना पाँचदिन सम्म बस्ने समस्या हुन्छ । पाँँच मिनेटका लागी आए भने दुई घण्टा बसेर जान्छन्, त्यो स्थिरताको कारणले गर्दा भएको हो । त्यस्तो ठाउँमा सकेसम्म बैठक कोठा बनाउनु हुँदैन किनभने उही पाहुनाकै रवाफ ठूलो हुन्छ ।

त्यसैले बैठक कोठालाइ सबैभन्दा राम्रो भनेको उत्तर पश्चिम मानिन्छ । त्यस्तोमा दुई दिनको लागी आएको पाहुना दुई मिनेटमै जान्छन् । अझै चाडै पनि जान सक्छन् । यसरी कोही कोठा स्थिर हुन्छन्, भने कोहरु कोठा अस्थिर हुन्छ ।

धान सम्पति कहाँ राख्ने ?
सामान्यतया हामी धन सम्पत्ति आफैसँग रहिरहोस् भन्ने चाहान्छौ । त्यसैले पनि धन सम्पत्ति पैसा, चेक राख्दा उत्तर पश्चिमको कोठामा राख्यो भने चाडोँ पैसा सकिने र चेक पनि काटेको काट्यै हुन्छ । किनकी यो कोठा स्थिर हुन्छ ।

पैसा र चेकलाई दक्षिण पश्चिममा राख्यो भने पैसा त्यति खर्च हुँदैन । चेक काटिराख्नु पनि पर्दैन । यदि तपार्इं व्यापार गर्नु हुन्छ भने कहिल्यै पनि सामान दक्षिण पश्चिममा नराख्नुहोस् । त्यसलाई उत्तर पश्चिममा राख्नुहोस् बिक्रि भई रहन्छ ।

२०७५ पुष ६ गते १६:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर