के साच्चै नै बिरालोले बाटो काट्दा अशुभ हुन्छ ? यस्तो छ तथ्य ,

आजको खबर   |    प्रकाशित : २०७५ पुष ६ गते १७:१३

कुकुर, बिरालो, न्याउरीमुसा, सर्प, गाई आदि जनावरहरुमा देखापर्ने असर, प्रभावलाई वास्तुशास्त्र अन्तर्गत के कस्ता राम्रा नराम्रा छन् भन्ने सन्दर्भलाई लिएर विशेषत यस अकंमा वास्तु स्पेशलका रुपमा प्रस्तुत गरिएको छ र प्रसिद्ध वास्तुशास्त्री माधव मंगल जोशीले विभिन्न जिज्ञासाहरुाई यसरी समाधान गर्नुभएको छ

कालो बिरालोले बाटो काट्दा के हुन्छ ?
सामान्यतया हामी जब घरबाट बाहिर निस्कन्छौँ अर्थात बाटामा हिँड्दै गर्दा एक्कासी बिरालोले बाटो काट्यो भने हामी द्धिविधामा पछौँ । त्यसमा पनि कालो बिरालोले बाटो काट्दा अपसकुन मानिन्छ । वास्तवमा बिरालोले बाटो काट्दैमा खराब नै हुन्छ भन्ने छैन । विदेश तथा नेपालका कयौँ ठाउँमा पनि घरमा बिरालो पाल्ने चलन छ ।

यसरी घरमा पालिएको बिरालोले प्राय घरबाट बाहिर निस्कदा धेरै जसो बाटो काटि नै रहेको हुन्छ तर यसलाइ नराम्रो मान्नु हुँदैन र वास्तुशास्त्रले त्यस्ता बिरालो द्धारा कुनै नराम्रो असर नपर्ने बताउँछन ।

नराम्रो हुनुको कारण र नहुनुको कारण चाहीँ के हो ?
सामान्यतया असर दिने बिरालोहरु हाम्रो घरवरिपरि त्यत्ति देखिदैनन् । ती बिरालाहरु लुकेर बसिरहेका हुन्छन् । सुरक्षित हुन ती बिरालाहरु लुकेका हुन् ।

घरका कुना काप्चा तथा प्वालहरुमा अन्य जनावरहरु पनि लुकेर बस्छन् । त्यस्तो ठाउँमा हावा नचल्ले र दुषित उर्जाहरु पैदा हुने गर्छ । बाहिरको हावा कुनाकानीमा नजाने भएकोले पनि त्यहाँको हावा फ्रेस हँुदैन । फ्रेस हावा नभए पछि उर्जाहरु दुषित हुन्छन् र त्यहाँको राम्रो उर्जाहरु सबै मर्छन् ।

अर्थात नेगेटिभ इनर्जी उत्पन्न हुन्छ । नेगेटिभ उर्जा भएको ठाउँमा बसेको बिरालो(जनावर) हरु बाहिर निस्कँदा बिरालोले बाटो काटेमा उसले बोकेर ल्याएको दुषित उर्जा हाम्रो शरीरले लिने गर्छ र नेगेटिभ असर पर्नसक्छ । त्यसमध्येमा कालो बिरालो हानिकारक मानिन्छ किनकी कालो चिज जस्तै लगाउने डे«स, कालो छाता आदि हरेक कालो वस्तुमा एब्जर्भिङ्ग क्यापासिटि (सोस्ने क्षमता) बढी हुन्छ ।

त्यसैले दुलोभित्र दुषित इनर्जीमा बसेर आएर कालो बिरालोले बढी भन्दा बढी त्यहाँ भएको दुषित उर्जालाई ल्याउने भएकोले उनीहरु जहाँ जहाँ जान्छन्, त्यहाँ दुषित उर्जाहरु छाड्दै जान्छन्, त्यसैले पनि कालो बिरालोले बाटो काट्दा बढी नकरात्मक असर पर्न सक्छ भने अन्य बिरालोले बाटो काट्दा कम प्रभाव पर्ने हुन्छ । यदि घरपालुवा बिरालो कालै भए पनि उनीहरुबाट चाहिं कुनै नराम्रो असर पर्दैन ।

कसलाई बढी असर त ?
वास्तुशास्त्री जोशीका अनुसार हरेक मानिसहरुमा एब्जर्भिङ्ग पावर हुन्छ । साथै मानिसको शरीरमा एक किसिमको औरा भन्ने हुन्छ, जसलाई आभा मण्डल पनि भनिन्छ । त्यो आभा मण्डल हाम्रो शरीर भित्र नै हुन्छ । जस्तो बुद्ध, भगवानहरुको फोटो मूर्ति हे¥यो भने फोटो अथवा मुर्तिको साइडमा एउटा पहेलो चक्र देखिन्छ ।

त्यसैलाई आभा मण्डल अथवा औरा भनिन्छ । त्यस्तो औरा भगवानहरुमा मात्र नरहेर हरेक प्राणीमा रहेको हुन्छ । यसरी शरीरमा भएको औराले नै हामीलाई एक किसिमको सुरक्षा दिइरहेको हुन्छ ।

यदि औरा शरीरको कुनै भागमा आभा मण्डल कम्जोर भएमा त्यो कम्जोर भागले बाहिरको नराम्रो उर्जा तान्न खोजिरहेको हुन्छ । त्यसैले बाहिरको दुषित उर्जा जुन हावाको रुपमा कम्जोर औरा भएको मानिसको शरीर भित्र प्रवेश गछन्, त्यस्तो मानिसलाई बढी भन्दा बढी असर गर्छ ।

सामान्यतया हाम्रो समाजमा केहि यस्ता कुराहरु पनि हुने गर्दछ जसले हामीलाई कहिलेकाही अनायासै प्रभाव पारिरहेको हुन्छ । तर हामी त्यसैलाई त्यति ध्यान दिदैनौ । जस्तै कहिले काहीँ बाहिरबाट घर फर्किसकेपछि कता कता टाउको दुख्ने, छाति दुख्ने, बान्ता आउन खोज्ने हुन्छ ।

यदि घरमा आमा बुबा अर्थात आफु भन्दा ठूलो घर परिवारको सदस्य भए बायु लाग्यो भनेर चामललाई छुवाएर फुकेर बाहिर फालिदिने गरिदिनुहुन्छ र त्यसो गर्दा राहत भएको महशुस पनि हुन्छ ।

मुख्यतया यस्तो समस्या चौबाटोमा हुनेगर्छ । कहिले काहीँ चौबाटोहरुमा हावाका रुपमा दुषित उर्जाहरु घुमिरहेका हुन्छन् । त्यस्तो अवस्थामा हामी त्यतैबाट बाटो काट्न पुग्यौँ भने हामीलाइ यस्तो समस्या आउन सक्छ । कहिले काहीँ शरीरको औरा कम्जोर भएको हुन्छ ।

उदाहरणको लागी हाते पङ्खा जति घुमाए पनि बीचको भाग चल्दै चल्दैन । त्यसैगरी चौबाटोको बीचमा चारैतिरबाट आएको हावा बीचमा नचलेर बसिरहेको हुन्छ । त्यो हावा त्यही वरिपरीमात्र घुमेको हुन्छ । जसले गर्दा त्यहाँ दुषित उर्जा पैदा भईरहेको हुन्छ । त्यो दुषित उर्जा औँरा मार्फत हाम्रो शरीरमा प्रवेश गर्दछ ।

त्यसै गरि कालो बिरालोले बाटो काट्दा उसले छोडेको दुषित उर्जाले कम्जोर औरा भएको मानिसको शरीरले सजिलै लिन्छ । अनि उसको दिमागमा असर पर्छ । दिमागलाइ असर गर्दा उसको माइण्ड चेन्ज हुन्छ । जसले गर्दा गलत निर्णय लिन्छ । नराम्रा कुराहरु बढि सोच्न थाल्छ, दुर्घटना हुने सम्भावना बढी हुन्छ । बिरालोले बाटो काट्दा सँगैँ भएको हँुदैन, कारण उसको औरा मजबुत छ ।

दुषित उर्जा र कालो बिरालोको असरबाट कसरी बच्ने ?
वास्तुशास्त्री जोशीका अनुशार यसबाट बच्ने उपाय धेरै छन् । सबैभन्दा राम्रो उपाय भनेको क्रिष्टल हो । क्रिष्टलले हाम्रो शरीरमा बाहिरबाट आउने नकारात्मक उर्जालाइ समाप्त गर्छ । अर्थात, उसले लिन्छ र छानेर राम्रो उर्जाहरुलाई मात्र हाम्रो शरीरलाई दिन्छ ।

जसरी फिल्टरले पानीमा भएको फोहोर वस्तुलाई छानेर सफा पानी दिन्छ,ठीक त्यसै गरी क्रिष्टलले पनि दुषित उर्जालाई छानेर हाम्रो शरीरमा फिल्टरको काम गर्दछ । मयुरको प्याखले पनि जीउभरी डुलाउदा यस्ता नराम्रा उर्जालाई सजिलैसँग लिने गर्दछ ।

साथै कुचो, चामल, कालो भटमास, कालो मास आदिका माध्यमबाट पनि दुषित उर्जालाई समाधान गर्न सकिन्छ । यदि हिड्दा हिड्दै बाटोमा कालो बिरालोले बाटो काटिहाल्यो भने ढुगां, इँटाको टुक्रा त्यहाँ फालेर पनि त्यहाँ उत्पन्न दुषित उर्जालाई यत्रतत्र पार्न सकिन्छ । यसरी पनि केहि समस्याको समाधान गर्न सकिन्छ ।

२०७५ पुष ६ गते १७:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर