फेसबुक प्रेम पर्नुभएको छ? सावधान! होला यस्तो बिल्लीबाठ

आजको खबर   |    प्रकाशित : २०७५ पुष ७ गते २:४४

मुम्बई — सामाजीक संजाल फेसबुकबाट प्रेम पर्नुभएको छ? सावधान! पाकिस्तानमा ६ वर्ष जेल जीवन बिताएका एक भारतीय युवकले सामाजिक संजालबाट हुने प्रेमको विस्वास गर्न नहुने बताएका छन् । उनले भने अन्यथा मैलेजस्तो दुःख पाउनुपर्ला, पाकिस्तानी जेलमा ६ बर्ष जीवन बिताई यसै साता स्वदेश फर्किएका एक भारतीय नागरिकले आफ्नो दुखेसो पोखे ।

सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक किशोरीसँग प्रेममा परेपछि हमिद नेहाल अन्सारी पाकिस्तान पुगे । सन् २०१२ मा अन्सारी ती किशोरीले दिएको ठेगाना पछ्याउँदै पाकिस्तानमा पुगे ।

उनी किशोरीको घरमा पुग्दा नजिकै तैनाथ पाकिस्तानी प्रहरीले उनलाई पक्राउ गरे । पाकिस्तानी अधिकारीले उनले देशविरुद्ध जासुसी गरेको नक्कली कागजान बताएको अभियोगमा ६ बर्षको जेल सजाय दिएको थियो ।

उनका आफन्तहरुले उनी मायामा अन्धो भएर पाकिस्तान प्रवेश गरेको बताए, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

२०७५ पुष ७ गते २:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर