चार्ली च्याप्लिनका यी १० भनाईले बदलिदिनेछ तपाइँको जीवन !

आजको खबर   |    प्रकाशित : २०७५ पुष ७ गते ६:१६

विश्वचर्चित हास्यव्यंग्यकार चार्ली च्याप्लिनको जीवनका सुरुवाती दिनहरु निकै कष्टप्रद थिए । उनले यति ठुलो सफलता पाउनलाई थुप्रै दुख र संघर्ष गर्नु परेको थियो । हुन त उनले आफुले जिवनमा जतिधेरै दुख झेल्नु परे पनि अरुलाई हमेसा हँसाइ नै रहे ।

उनै महान कलाकार चार्लिका केही भनाईहरु यस्ता मर्मस्पर्शी छन् जसले दुखमा नआत्तिन र धैर्य गर्न प्रेरणा दिन्छन् । उनका केही भनाइहरुले हाम्रो सोँचाइ नै बदलिदिन्छन् । उनका महत्वपुर्ण भनाइहरुलाई तपाइँले पनि जीवनमा आत्मसात गर्नुहोस् पक्कै बदलिनेछ तपाइँको जीवन । चार्लीका ति १० भनाई यस्ता छन्:

१. ऐना मेरो सबैभन्दा असल साथी हो । किनकी जब म रुन्छ तब ऊ कहिल्यै पनि हाँस्दैन ।

२. यो दुनियामा कुनैपनि चिज स्थायी छैन, हाम्रो दुखपनि स्थायी होइन ।

३. म सधै झरीमा घुम्न मन पराउँछु, ताकी कसैले पनि म रोएको नदेखोस् ।

४. नहाँसीकन बिताएको दिन बर्बाद गरेको दिन हो ।

५. यदि तपाइँ मुस्कुराउनुभयो भने थाहा पाउनुहुन्छ की जिवन अझैपनि मूल्यवान छ ।

६. मेरो दुख कसैको हाँसोको कारक बन्न सक्छ, तर मेरो हाँसो कहिल्यैपनि कसैको दुखको कारक नबनोस् ।

७. केहीपनि नगर्ने तर कल्पना मात्र गर्नुको कुनै अर्थ छैन ।

८. मलाई लाग्छ सही समयमा गलत काम गर्नु जिवनका कैयौँ विडम्बना मध्ये एक हो ।

९. आवश्यक परेको बेला साथीलाई सहयोग गर्न सजिलो छ, तर उसलाई आफ्नो समय दिनु सदैव सम्भव नहुन सक्छ ।

१०. यदि तपाइँले सधै तलमात्र हेरिरहनुभयो भने इन्द्रेणी कहिल्यैपनि भेट्टाउन सक्नुहुने छैन । एजेन्सी

तल आफ्नो प्रतिक्रिया दिनुहोस !

२०७५ पुष ७ गते ६:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर