मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ पुष ७ गते १३:३९

काठमाडौँ । काठमाडौँमा आज मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–३१ स्थित सडकमा बा७६प ६९०० नंको मोटरसाइकल र बा ३९ प ४३९९ नंको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बा७६प ६९०० नम्बरको मोटरसाइकल चालक स्वयम्भू चौमती बस्ने २१ वर्षीय सुरज महर्जनको सिभिल अस्पताल मिनभवनमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार सोही स्थान बस्ने १९ वर्षीया रुकसाना श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बा३९प ४३९९ नंको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७५ पुष ७ गते १३:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर