प्रधानमन्त्रीको बाटो छेक्दै डा.गोविन्द के.सी. इलाम पुगे , १६ औँ पटकको अनशन बस्ने

आजको खबर   |    प्रकाशित : २०७५ पुष १७ गते १७:३०

काठमाडौँ । इलाममा हुने लगानी सम्मेलनमा प्रधानमन्त्री जाँदा कालोझण्डा देखाउनेदेखि प्रदर्शन गरेर बाटो बन्द गराउने योजनासहित अनशनको झोला बोकेर डा गोविन्द केसी इलाम पुगेका छन । उनको नाममा आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने मध्येका एक डा अभिषेकराज सिंहले ट्वीट गर्दै डाक्टर केसी १६ औं अनशनका लागि इलाम पुगिसकेको जानकारी दिएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओली इलाममा पुस २० गते हुन लागेको लगानी सम्मेलनको उद्घाटन गर्न जाने पूर्व सन्ध्यामा डा। केसीले अनसन बस्ने तयारी गरेका हुन । १६ औं अनशनको अल्टिमेटम मंगलबार सकिएको भन्दै डाक्टर केसी फेरि अनशन बस्ने गरी इलाम पुगेका हुन् ।

उनले अनसन बस्ने र समर्थकहरूले मग पूरा गराउन दबाब दिने नाममा कालोझण्डा देखाउने देखिप लगानी सम्मेलनहुने स्थल नजिकै प्रधानमन्त्री र सरकारविरूद्ध प्रदर्शन गर्ने तयारी केसी समर्थकले गरेका छन । केसी अबको २४ घण्टाभित्र एउटा वातावरण बनाइ गरेर अनशन बस्ने तयारीमा रहेका छन ।

केसी निकट स्रोतका अनुसार यसपटक पनि अनशनको चाँथो दिन चिकित्सक संघले अल्टिमेटम सहित चेतावनी दिने अनशनको सातौँ दिनबाट अस्पतालहरूमा आन्दोलनको आँधी सिर्जना गराउने त्यसपछि नेपाली कांग्रेस र विवेकशील साझाको तर्फबाट संस्थागत रूपमा समर्थन लिने र माइतीघरमा आन्दोलन सुरू गर्ने पूर्व योजना तयार भएको छ ।

२०७५ पुष १७ गते १७:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर