सामुदायिक सेवा केन्द्र रानीले गर्‍यो न्यानो कम्बल बितरण कार्यक्रम

आजको खबर   |    प्रकाशित : २०७५ पुष १८ गते ११:४२

बिराटनगर । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सामुदायिक प्रहरी सेवा केन्द्र रानीसंग आबद्ध सामुदायिक सेवा केन्द्र रानीले न्यानो कम्बल बितरण कार्यक्रम गरेको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यतमा आज बिहान ८ बजे बिराटनगर महानगरपालिका १६ दुर्गा मन्दिर परिसरमा भएको सो कार्यक्रममा ७६ थान कम्बल बितरण गरिएको थियो ।

कार्यक्रममा गरिव, असह्यय तथा बिपन्न बर्गका ७६ जनालाई एक एक थान कम्बल बितरण गरिएको थियो । कम्बल बितरण पश्चात कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रिजालले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत संचालन गरिएको जाडोमा न्यानो कम्बल बितरण कार्यक्रमलाई सहयोग गर्नुहुने सम्पुर्ण दाताहरुलाई धन्यवाद दिदै नागरिकको साथ र सहयोगले मात्र समुन्नत समाज निर्माण गर्न सकिने हुँदा आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा लिईएको बताए ।

उनले कार्यकमको आयोजना गर्ने सामुदायिक सेवा केन्द्र रानी प्रति आभार प्रकट गर्दै यस्ता प्रकारका कार्यक्रमहरुबाट प्रहरी र आम नागरीकबिच सामिप्यता बढ्ने हुँदा १ नम्बर प्रदेश प्रहरी कार्यालयको तर्फबाट गर्न सक्ने जुनसुकै सहयोग गर्न पनि तयार रहेको बताए । कार्यकममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष किशोर सुब्बाले कम्बल उपलब्ध गराउने सम्पुर्ण सहयोगी दाताहरुप्रति हार्दिक नमन गर्दै आगामी दिनहरुमामा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरिएको बताए।


कार्यक्रममा सहयोगी दाता तथा कार्यक्रमलाई सफल बनाउन सहयोगी भूमिका निभाउने महानुभावहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो । सो कार्यक्रममा मोरङ जिल्लाका प्रहरी प्रमुख, स्थानीय जनप्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्र रानी तथा तिनपैनीका पदाधीकारीहरु, स्थानीयवासीहरु, पत्रकार तथा नागरीकक समाजका अगुवाहरुको समेत उपस्थिती रहेको थियो ।

२०७५ पुष १८ गते ११:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर