१ नम्बर प्रदेशका ३ छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना, २ को मृत्यु २ घाईते

आजको खबर   |    प्रकाशित : २०७५ पुष १९ गते १२:१४

सुनसरी। १ नम्बर प्रदेशका ३ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाईते भएका छन् ।

सुनसरी:- सुनसरीको ईटहरी नगरपालिका-८ कोशीराजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार बिहान ११ बजेको समयमा इटहरी बाट विराटनगर तर्फ जादै गरेको को १२ प ८४२० नम्बरको स्कुटरलाई AS07AC5633 नम्बरको कन्काई ग्यास बोक्ने LP ट्रकले पछाडीबाट ठक्कर दिदा बिराटनगर बस्ने अंदाजि बर्ष ५० का गिरिराज ढकाल गम्भिर घाइते भएका थिए । घाइते उनलाई तत्काल स्थानिय पशुपती मेडिकलमा प्राथमिक उपचार गराए पश्चात थप उपचारको लागी विराटनगर न्युरो अस्पताल ल्याईएको मा उपचारको क्रममा सोही दिन दिउँसो साढे १२ बजे मृत्यु भएको छ भने ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिएको छ ।

मोरङः- मोरङको पथरी शनिश्चरे नगरपालिका-१ हरियाली वन अगाडि सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा मोटरसाईकलको ठक्करबाट १ साईकलयात्रीको मृत्यु भएको हो । दुर्घटनामा परेर अचेत अवस्थामा फेला परेका कानेपोखरी गाउँपालिका-४ हरकपुर बस्ने बर्ष ४० को सुर्य भट्टराईलाई उपचारकोलागी कोशी अंचल अस्पतालमा लगीएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साथै साईकलयात्रीलाई ठक्कर दिएर मोटरसाईकललाई घटनास्थलमै छाडेर फरार रहेका उर्लावारी नगरपालिका-२ सुनझोडा मंगलबार बस्ने बर्ष २० को गगन थापालाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ । यसैगरी मोरङको कानेपोखरी गाउँपालिका-७ मा सवारी दुर्घटना हुदा २ जना गम्भिर घाइते भएका छन ।

पूर्ब पश्चिम राजमार्गमा पूर्बबाट पश्चिम तर्फ जादै गतेको UP15AB9880 नंबरको भारतिय कारले सोही दिशा तर्फ जादै गरेको को ३१ प ४७७७ नम्बरको स्कुटीलाई ठक्कर दिदा झापा कमल गाउँपालिका-५ बस्ने बर्ष २८ का कुमार लिम्बु र पछाडी सवार बर्ष ४४ का भुपेन्द्र लावती घाईते भएका हुन । घाईते दुबैजनालाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटीएको प्रहरी टोलिले तत्काल उद्दार गरी घाइतेलाई उपचारको लागी पथरी अस्पतालमा लगेको थियो । साथै कार र कार चालकलाई समेत नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।

२०७५ पुष १९ गते १२:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर