झापामा सडक दुर्घटना हुँदा २ जनाको मुत्यु

आजको खबर   |    प्रकाशित : २०७५ पुष १९ गते १४:०८

दमक । मोटरसाइकल र बुलेरो जिप एकआपसमा जुध्दा झापामा आज दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार ताप्लेजुङ फूङ्गलिङ नगरपालिका–१० का २५ वर्षीय सविन लिम्बू र २८ वर्षीय सञ्जीव लिम्बू छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित माइधार सडकखण्डमा आज दिउँसो ३ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १३ च नम्बरको बुलेरो जिप र पश्चिमबाट पूर्व जाँदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाइकल एकआपसमा जुधेर दुर्घटना भएको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका दुवैजनाको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७५ पुष १९ गते १४:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर