वाइडबडी प्रकरणको छानविनका लागी उच्चस्तरीय छानविन समिति गठन

आजको खबर   |    प्रकाशित : २०७५ पुष १९ गते १८:००

काठमाडौँ । पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी प्रकरणको छानविनका लागी तीन उच्चस्तरीय सदस्यीय न्यायिक छानविन समिति बिहिबार गठन गरेको छ ।

सरकारले गठन गरेको समितिको सदस्यमा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर एकाउन्टेट मदन शर्मा हुनुहुन्छ । उक्त प्रकरणमा खरीद गरिएका दुई वटा एयरबस विमानका विषयमा जाँभबुझ गर्ने क्षेत्राधिकारसहितको समिति मन्त्रिपरिषद्ले गठन गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

संसदीय उपसमितिले वाइडबडी प्रकरणमा पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, सचिवहरु कृष्णप्रसाद देवकोटा, प्रेमकुमार राई र शङ्करप्रसाद अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलगायतलाई दोषी ठहर गरेको थियो ।

उक्त समितिले ठहर गरेको दोषीलाई कारवाहीको सिफारिश गरेपछि सरकारले न्यायिक छानविन समिति गठन गरेको छ । निगमले वाइडबडी जहाज खरीद गर्दा रु चार अर्ब ३५ करोड अनियमितता भएको उक्त उपसमितिले जनाएको थियो । समितिले ४५ दिनभित्र प्रतिवेदन सरकारलाई बुझाउने छ।

२०७५ पुष १९ गते १८:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर