राष्ट्रियसभा बैठक : कर्मचारी समायोजन अध्यादेश, २०७५ स्वीकृत

आजको खबर   |    प्रकाशित : २०७५ पुष २० गते ९:५९

काठमाडौँ,। राष्ट्रियसभाको आजको बैठकले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्ताव गरेको उक्त विधेयकलाई बैठकले स्वीकृत गरेको हो ।

यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५ लाई दफाबार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘प्रदेश लोक सेवा आयोग(आधार र मापदण्ड) विधेयक, २०७५ सदनमा पेश गरे ।

बैठकले विसं २०७० को संविधानसभामा निर्वाचित सदस्य तथा पूर्ववन तथा भू–संरक्षण राज्यमन्त्री कमलादेवी शर्माको निधनप्रति शोक प्रकट गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सांसद शर्माको यही पुस १६ गते हृदयघात भई उपचारका क्रममा ललितपुर मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

राष्ट्रियसभाले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै दिवङ्गग आत्माको चीर शान्तिको कामनासमेत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही पुस २५ गते बुधबार बिहान ११ बजे बस्नेछ ।

२०७५ पुष २० गते ९:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर