वृद्ध आमालाई साना साना टुक्रा पारी हत्या, छोरोले पिए आफ्नै आमाको रगत

आजको खबर   |    प्रकाशित : २०७५ पुष २१ गते ६:१६

छत्तीसगढ। छत्तीसगढको कोरबा जिल्लाको रामाकछार गाउँमा २५ वर्षका एक युवकले ५० वर्षकी आमालाई धारिलो हतियार प्रयोग गरेर हत्या गरे । दिलिप नाम गरेका ती युवकले सपनामा आमा बोक्सी भएको र आफ्ना पिता तथा भाइको मृत्युको जिम्मेवार भएको देखेपछि यस्तो गरेका थिए ।

दिलिपका पिता रामलाल र भाइ सन्दिपको केही समय पहिले मृत्यु भएको थियो । दुवैको मृत्युपछि दिलिप तन्त्रमन्त्रतिर लागेका थिए । घरमा उनले साधना स्थल बनाएका थिए । ३१ डिसेम्बरका दिन बिहान साढे १० बजे उनले आमाको हत्या गरेका थिए । त्यसपछि उनले लाशबाट बगिरहेको रगत पिउन थाले । यही बेला छिमेककी महिला समारिन त्यहाँ पुगिन् । दिलिपलाई नरभक्षी हालतमा देखेकी उनी डराएर भागिन् । ३ दिन चुप रहेपछि बिहीबार साँझ उनले गाउँलेसँग पुलिसकहाँ गएर घटनाको जानकारी दिएकी छिन् ।

पुलिस शुक्रबार घटनास्थल पुग्यो जहाँ चुलोको खरानीमा सुमरियाका हड्डीहरु भेटिए । कोठामा भित्तामा रगतका छिटा थिए र साधनास्थलमा मृतक महिलाको मासु राखिएको थियो । हत्यामा प्रयोग गरिएको हतियार बरामद भएको छ । दिलिप भने फरार छन् ।

२०७५ पुष २१ गते ६:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर