सतासीद्वारा सहकारी शिक्षा कार्यक्रम सम्पन्न

आजको खबर   |    प्रकाशित : २०७५ पुष २१ गते १५:५४

झापा। सताशि बहुमुखि सहकारी संस्था लिमिटेड धुलाबारी साखाले सहकारी शिक्षा बिषयक एक दिने गोष्टी सम्पन्न गरेको छ । मेचि नगरपालिकाको धुलावारी स्थीत उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका संञ्चालक एवम ऋिण समिती संयोजक लक्ष्मि कान्त खनाल एवम लामो समय देखि सहकारी विकासमा अग्रीणी भुमिका निर्वाह गर्दै आएका प्रशिक्षक लिला भण्डारीले शहकारी समन्धी जान्नैपर्ने मुलभुत कुरा माथि प्रकाश पारेका थीए ।

शहकारी सम्बन्धि निति-नियम साथै सम्भावना र चुनौतिको बारेमा पहिलो सेसन अन्तर्गत  प्रशिक्षक लिला भण्डारीले तालिम प्रदान गरेका थिए । उनले सहकारी सदस्य बन्दै गर्दा बुझ्नै पर्ने कुरा एवं सहकारीमा लगानी गर्दा हुने फाईदा र जोखिम माथी प्रस्ट पारेका थिए । भने सतासि वहुमुखि र यसका निति तथा कार्यक्रमको बारेमा खनालले प्रशिक्षण गरेका थिए । संस्थाकी वरीष्ठ उपाध्यक्ष सुजता गुरुङ थापा मगरको अध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा उपस्थित संस्थाका प्रतिनिधिहरुले सहकारी सम्बन्धी आफना जिज्ञासा समेत मेटाउने अवसर प्राप्त गरेका थिए ।

२०७५ पुष २१ गते १५:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर