नयाँ कानुन आए पश्चात सम्बन्धविच्छेद गराउनेको सख्यामा वृद्धि
आजको खबर | प्रकाशित : २०७५ पुष २१ गते १५:५१
बर्दिया । नयाँ मुलुकी संहिता लागू भएपछि एक्कासी पुरुषले सम्बन्ध विच्छेदको मुद्धा दर्ता गराउनेको सख्यामा वृद्धि भएको छ । बर्दिया अदालतमा श्रावण देखि मंसिरसम्म ५ महिनाको अवधिमा ४५ वटा पुरुषबाट सम्बन्ध विच्छेदको मुद्धा परेको जिल्ला अदालत बर्दियाले जनाएको छ।
सम्बन्ध विच्छेदका मुद्धा कम्तीमा एक वर्षको अवधिभर फर्छौट गर्न नपाइने कानुनी प्रावधान छ। मुद्धा परेको मध्येमा ४ वटाको फैसला भैसकेको बर्दिया जिल्ला अदालतका श्रेष्तेदार यमप्रसाद बाँस्कोटाले बताए । उनले भने अदालतमा दुईजना जिल्ला न्यायाधीश भएकाले मुद्धा फर्छौट गर्न सहज भएको उनले बताए । उनका अनुसार गत आर्थिक वर्षमा जवरजस्ती करणी सम्बन्धी ८१ मुद्धामा ५४ वटा मुद्धा फर्छौट भएका छन। गत वर्ष जबरजस्ती करणीसम्बन्धी २७ वटा मुद्धा फर्छौट गर्न बाँकी छ ।
चालु आर्थिक वर्षको मंसिर मसान्त सम्ममा १९ वटा लगत रहेको जबरजस्ती करणीसम्बन्धी मुद्धा २ वटा फर्छौट भैसकेको र १७ वटा मात्र फर्छौट हुन बाँकी छन। अदालतमा गत र चालु आवको कुल ४६ वटा जबरजस्ती करणी मुद्धामध्ये २२ वटा फर्छौट भैसकेको छ। अझै २४ वटा मुद्धा फर्छौट गर्न बाँकी छन्। फेक मुद्धा उपर अदालतबाट कडा निगरानी हुन थालेपछि पछिल्लो समय बलात्कारका मुद्धा आउने क्रम घटेको हो उनले प्रष्ट पारे। महिला हिंसाका मुद्धा अधिक आउने उनले भने, जसअनुसार ४ सय महिला हिंसाका मुद्धामध्ये १ सय १५ वटा फर्छौट भएको र २ सय ८५ वटा फर्छौट गर्न बाँकी छन्।