संसदमा हंगामा ! टेवल ठोक्दै गगन थापा दौडिए रोष्टम घेर्न (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७५ पुष २२ गते १६:२८

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आइतबार एकाएक सभामुखको रोष्टम घेराउ गरेपछि संसद बैठकमा हङ्गामा चल्यो । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बैठकमा बोले पछि कांग्रेसले प्रधानमन्त्रीसँग सवालजवाफ गर्न चाहेको थियो । प्रश्नोत्तरको माग गरेपछि सभामुखले कांग्रेसको प्रस्ताव अमान्य ठहर गरिदिए ।

प्रधानमन्त्रीले मन्तव्य सकेर सिटमा बस्न जाँदै गर्दा कांग्रेस सांसदहरू प्रश्न सोध्न उभिएर सभामुखसँग समय माग गर्दै थिए । कांग्रेस सांसदले समय माग्ने सभामुखले नदिने । यो क्रम निकैबेर चल्यो । विस्तारै विस्तारै कांग्रेस सांसदहरूको पारो तात्न थाल्यो । त्यसमाथि सत्ता पक्षका सांसदले सभामुखको बोलीमा भाका मिलाउँदै टेबुल ठेक्न सुरु गरेपछि कांग्रेस सांसद पनि उग्र बन्दै गए ।

जोसिएका गगन थापा सिटबाट उठेर पहिले नै रोष्टम तर्फ अगाडि बढ्दै थिए । तै पनि समय पाइहालिन्छ कि भन्दै उनीसहित मिनेन्द्र रिजाल र अन्य कांग्रेस सांसदले माग गरिरहे ।

जव सभामुखले नदिने ठोकुवा सुनाए त्यसपछि गगनको रिसको पारो चुलियो । टेबुल ठोक्दै गगन हुत्तिए रोष्टम तर्फ। उनीसँग कांग्रेस सांसदको लस्कर रोष्टमतर्फ कुँधे । मर्यादापालकहरू पनि कुँदेर बचाउमा अगाडि हातको साङ्लो बनाएर घेरिए। केहीबेर रस्साकस्सी चल्यो । अन्ततः सभामुखले बैठक स्थगित गरे ।

हेर्नुहोस् डिसिनेपालको यो भिडियो

२०७५ पुष २२ गते १६:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर