साच्चै नै सफल बन्न चाहानुहुन्छ भने , यसो गर्नुहोस् जीवनमा (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७५ पुष २२ गते १८:२२

यस संसारमा जन्म लिएर आएका हरेक मानिसको केही न केही उद्देश्य हुन्छ नै । सबैले आफ्नो उद्देश्य पुरा गर्नकालागी यो संसारमा कार्य गरिरहेका हुन्छन् । संसारमा जन्म लिएका हरेका मानिसलाई आफु पृथक बन्नु छ , आफ्नो क्षेत्रमा ज्ञाता बन्नु छ । यसैका निम्ती मानिसहरु यो भवसागरमा दुख गरिरहेका छन् । सफलता भन्ने कुरा सजिलै कदापी पाइन्न यसका निम्ती अथाह मेहेनत , परिश्रम , धेरै त्याग , खर्चिएको हुनुपर्छ । यदि तपाई पनि सफल बन्न चाहानुहुन्छ भने यि कुरा लाई आफ्नो व्यवहारमा उतार्नुहोस् , तपाईको जीवनमा साच्चै नै ठुलो परिवर्तन आउने छ ।

१. सफलताका लागि धैर्यता निकै जरुरी छ ।

२. जिन्दगी निकै छोटो छ, र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस र जिन्दगीको मज्जा लिनुस् ।

३. संसारमा पैसाको कुनै कमी छैन । कमी छ त केवल सपना देख्ने मानिसहरुको ।

४. बस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुस् । प्रतिस्पर्धा गर्नुस् त केवल सेवा र सिर्जनशीलतामा ।

५. जब तपाईंले प्रयास नै गर्नु भएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा ?

६. म जो हुँ उही रहन्छु । तब मलाई खुसी र सफलता मिल्छ । त्यसैले आफू जो हो उही बन्ने प्रयास गर्नुस्, न कि कसैको कपिक्याट ।

७. तपाईंलाई संगतका लागि इमान्दार व्यक्ति चाहिएको छ, न कि सबैभन्दा इमान्दार ।

८. कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर, नआत्तिनुस् पर्सी अवश्य दिन आउनेछ ।

९. यदि तपाईंले हार मान्नु भएन भने तपाईंको अघि अर्को एउटा मौका हुनेछ । हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।

१०. जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ ।

२०७५ पुष २२ गते १८:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर