वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै कारवाही गर्न लेखा समितिको सिफारिस

आजको खबर   |    प्रकाशित : २०७५ पुष २३ गते ७:०४

काठमाडौं। संघीय संसदको लेखा समितिले वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ। सोमबार बसेको समितिको बैठकले वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै सो प्रकरणमा संलग्नलाई हदैसम्मको कारवाही गर्न अख्तियारलाई लेखी पठाउने निर्णय भएको समितिका सभापति भरत शाहले जानकारी दिए। समितिले वाइडबडी खरिद प्रकरणमा छानविन गर्न गठित उपसमितिको प्रतिवेदन परिमार्जनसहित लेखासमितिले पारित गरेको छ।

यसअघि तत्कालीन सचिव प्रेमकुमार राई, वहालवाला सचिव कृष्णप्रसाद देवकोटा, तत्कालीन मन्त्री जीवनबहादुर शाही, जितेन्द्र नारायण देव र वर्तमान मन्त्री रवीन्द्र अधिकारीलाई कारवाहीको सफारिस गरिएको थियो।

तर यसअघिका दुई जना मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने र वहालवाला मन्त्रीलाई हदैसम्मको कारवाहीको सिफारिस गरिएको भन्दै उपसमितिको प्रतिवेदनप्रति विवाद भएको थियो।

सोमबार बसेको समितिको बैठकले तत्कालीन पर्यटन सचिव प्रेमकुमार राईको नाम हटाएर र यसअघि खरिद प्रक्रियामा बदनियत देखिएको भन्दै कारबाही माग गरिएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीलाई नैतिक जिम्मेवार ठहर्‍याएर प्रतिवेदन पारित भएको छ ।

२०७५ पुष २३ गते ७:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर