नेताले राजनीति गर्ने र जनताले राजनीति बुझ्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुहोस् देश आफै समृद्ध बन्ने छ

आजको खबर   |    प्रकाशित : २०७५ पुष २३ गते १३:१५

कावासोती । विशिष्ठ उद्देश्य प्राप्ति गर्नका लागी तथा लिएको उद्देश्य पुरा हुदाँ समाज अथवा देशमा दिगो विकास हुन्छ र सकरात्मक परिवर्तन हुन्छ भने त्यसप्रकारको प्रकृयालाई राजनीति भनिन्छ । साच्चै भन्नुपर्दा राजनीति भनेको सेवा प्रदान गर्नु हो । देशमा विकास भएको छ या अविकसित छ यो दुवै त्यस देशको राजनीतिमा भर पर्छ । नेपालजस्तो अल्पविकसित देशमा राजनीतिको महत्वपुर्ण भुमिका हुन्छ । तर यथार्थ के छ भने यहाँका राजनीतिक पाटी हरुले जनताले चाहे अनुरुपको कार्य गरेको जनतालाई अनुभुती छैन । साच्चै भन्नु पर्दा नेपालमा राजनीतिलाई ‘नराम्रो खेल’ को उपनाम दिइन्छ । वास्तवमा उक्त उपनाम नेपालका लागी ठिक पनि छ , किन भने नेपालमा राजनीति गर्नेहरु नेताले त्यस्तो कार्य गरेका छैनन् जसले गर्दा उनिहरुले नेल्सन मण्डेला या अब्राहम लिङ्कनको उपनाम पाउन् । तर सत्य के हो भने नेपालमा विकास , समृद्धि चाहिन्छ भने यहाँ नैतिक राजनीति हुन जरुरी छ र त्यसका लागी राजनीतिलाई हेर्ने दृष्टिकोण बदल्न जरुरी छ ।

एक कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्धान्तनिष्ठ, सेवा र विकासमुखी बनाएर राजनीतिलाई सम्मानित बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । “मैले बुझेको राजनीति सेवा हो, यहाँ सेवा विपरित अर्कै किमिसबाट राजनीतिमा खेल खेल्न लागिएको छ, त्यस्तो खेलबाट राजनीतिलाई जोगाउनुपर्छ”, वरिष्ठ नेता पौडेलले भने।

नवलपरासीको हुप्सेकोट गाउँपालिका–१ मा अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर लगायतका सामग्री आज वितरण गर्दै उनले राजनीति भनेको छुद्रयाई, फट्याई गरेर, साम, दाम, दण्डभेदको प्रयोगबाट सत्ता कब्जा गर्ने होइन सेवा गर्ने हो भन्ने भावनाको विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।

समाजवाद अध्ययन केन्द्र भक्तपुरले सो अवसरमा १४ लाई ह्वीलचियर, आठलाई बैशाखी, पाँचलाई सेतो छडी र ११४ जनालाई न्यानो कपडा वितरण गरेको थियो । सामग्री वरिष्ठ नेता पौडेलले वितरण गरे । न्यानो कपडा स्वर्गीय तेजकुमारी देउजाको स्मृतिमा उनका छोरा रामशरण देउजा र अन्य सामग्री विभिन्न दाताबाट सङ्कलन गरिएको समाजवाद अध्ययन केन्द्र भक्तपुरका अध्यक्ष दुर्गा फुयाँलले जानकारी दिए ।

२०७५ पुष २३ गते १३:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर