रोल्पाको जुतुङखोलामा बस दुर्घटना : २ जनाको मृत्यु, २५ घाइते

आजको खबर   |    प्रकाशित : २०७५ पुष २३ गते १५:५३

रोल्पा । रोल्पामा सोमबार साँझ बस दुर्घटना भएको छ । जिल्लाको लुङ्ग्री गाउँपालिका–३, जुतुङखोलामा बा १ ख ५५२१ को नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

स्वर्गद्धारी नगरपालिका–५ सारी प्यूठानका २४ वर्षीय चालक नवराज आले र लुङ्ग्री गाउँपालिका–३, जुतुङखोलाका ११ महिने बालक नितेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुलिचौरबाट सिर्पका लागि छुटेको आशीर्वाद यातायात प्रालिको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका असई शेरबहादुर थापाले डीसीनेपाललाई जानकारी दिए ।

उनले घटामा घाइते भएकाहरुको बाँकेको कोहलपुरस्थित मेडिकल कलेज र रोल्पाको सुलीचौर प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जानकारी दिए । उनका अनुसार १० जना घाइतेको उपचार कोहलपुरमा भइरहेको छ भने १५ जनाको सुलीचौरमा उपचार भइरहेको छ ।

बसमा ३० जना यात्रु रहेका थिए । अन्य ३ जना भने शकुसल रहेको प्रहरीले जनाएको छ ।

२०७५ पुष २३ गते १५:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर