धमाधम बैङ्क विवरण बुझाइँदै: ‘स्वकीयको पारिश्रमिक व्यक्तिगत खातामा’

आजको खबर   |    प्रकाशित : २०७५ पुष २४ गते ०:४६

किाठमाडौँ । सङ्घीय संसद्का पदाधिकारी तथा सांसदहरूले स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलव आफैंले बुझेको आरोप लागेपछि धमाधम व्यक्तिगत खाता बुझाउन थालिएको छ ।

पदाधिकारी तथा सांसद्हरूले आफ्ना स्वकीयको विवरण तथा बैङ्क खाताको जानकारी सुविधा शाखामा बुझाइरहेका छन् । सोमबारसम्म सयभन्दा बढी स्वकीयहरूको बैङ्क विवरण शाखामा पुगिसकेको छ । शाखाले चालु महिनाको तलव रकम नै पदाधिकारी तथा सांसदहरूको व्यक्तिगत खातामा जम्मा गर्ने गरी खाता विवरण माग गरेको हो ।

सकेसम्म यहिमहिना बाटै लागू हुन्छ ।सचिवालयको आग्रह अनुसार सबै पदाधिकारी तथा सांसद्हरुले आफ्ना स्वकीय सचिव, कम्प्युटर अपरेटर, चालक, कार्यालय सहयोगी, परिचर सबैको विवरण धमाधम उपलब्ध गराइरहेका छन् । यसरी उपलब्ध गराइएको विवरणमा निवेदकका रुपमा स्वयम् पदाधिकारी र सांसद् नै हुने व्यवस्था छ । यो खबर गोरखापत्र बाट

२०७५ पुष २४ गते ०:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर