६ वर्षीया बालिका बलात्कार गर्ने किशोरलाई साढे ६ वर्ष जेल
आजको खबर | प्रकाशित : २०७५ पुष २४ गते १:३७

बर्दिया । बालिका बलात्कार गरेको आरोपमा मुद्दा चलाइएका बर्दियाका एक व्यक्तिलाई अदालतले कैद सजाय तोकेको छ।
गुलरिया नगरपालिका–१० का १८ वर्षीय काशिम पठानलाई छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा जिल्ला अदालतका न्यायाधीश किरणकुमार पोख्रेलको एकल इजलासले सोमबार पाँच वर्ष ६ महीना कैद सजाय तोकेको हो।
बालिकालाई गत वैशाख २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पठानविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएको थियो।
प्रहरीले घटनाका आरोपितलाई गत वैशाख २९ गते गिरफ्तार गरेकामा अदालतको आदेशअनुसार गत जेठ २१ गते पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। रासस
२०७५ पुष २४ गते १:३७ मा प्रकाशित