पखला लागेर उपचार गराउन महिलालाई म्याद गुज्रेको स्लाइन दिएपछि

आजको खबर   |    प्रकाशित : २०७५ पुष २४ गते १५:१०

सर्लाही । सदरमुकाम मलङ्गवामा रहेको सर्लाही अस्पतालमा बिरामीलाई म्याद गुज्रेको स्लाइन दिइएको फेला परेको छ । पखला लागेर उपचार गराउन अस्पताल पुगेकी मलङ्गवा–३ की ४५ वर्षीया उषा देवीलाई म्याद गुज्रेको आर एल स्लाइन पानी दिएको भेटिएको छ।

सोमबार बिहान उपचार गराउन अस्पताल पुगेकी उषालगायत अन्य तीन जनालाई चिकित्सकले म्याद गुज्रेकै स्लाइन पानी चढाइरहेको भेटिएको हो ।

बिरामी परेपछि घरका व्यक्तिले अस्पताल पु¥याएको र पछि आफू जाँदा स्लाइन पानी म्याद गुज्रेको फेला परेको उनका छोरा साजन चौधरीले बताए। तीन महीनापहिले नै म्याद गुज्रेका स्लाइन पानी चढाएको देखेपछि आफूले त्यसलाई तुरुन्त रोक्न लगाएको उनले जानकारी दिए।

उनले भने, “म्याद गुज्रेको स्लाइनको प्रयोगले आमालाई घर लग्दा ज्वरो आयो ।” मलङ्गवामै रहेको एक निजी क्लिनिकमा आमालाई उपचार गराइएको उनले बताए । अस्पतालजस्तो संवेदनशील स्थानमा लापरवाही गर्नेलाई कानूनअनुसार कार्बाही हुनुपर्ने उनले माग गरे ।

बिरामीको चाप धैरे भएकाले सबैलाई एकैचोटि उपचार गर्न खोज्दा हतारमा म्याद गुज्रेको औषधि प्रयोग हुन पुगेको अस्पतालका सुपरिटेण्डेण्ट वीरेन्द्रकुमार मण्डलले बताए।

भण्डारमा म्याद भएका र गुज्रेका औषधि एकै ठाउँमा रहेकाले हतारमा झिक्दा म्याद गुज्रेको औषधि प्रयोग हुन पुगेको उनले जानकारी दिए । सो लापरवाही गर्नेलाई कारवाही गरिने उनले प्रतिबद्धता जनाए ।

२०७५ पुष २४ गते १५:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर