संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको विरुद्धमा आन्दोलन गर्ने र राजसंस्था ल्याउने : कमल थापा

आजको खबर   |    प्रकाशित : २०७५ पुष २४ गते १६:४१

काठमाडौं । अहिले मुलुकमा संघीयता लागु भएको छ । जनताले चाहेको जनप्रतिनिधीलाई जिताएर स्थानिय निकायमा कार्य गर्न सुरु भएको पनि १ वर्ष भन्दा धेरै भइसक्यो । धेरै नभएपनि केही विकासका कार्य भइरहेका छन् । ठुला ठुला सम्झौता हरुमा हस्ताक्षर भएका छन् । स्थायी सरकार छ , विदेशीले लगानी गर्ने क्रममा वृद्धि भएको छ । तुलनात्मक रुपमा सरकारको काम सन्तोषजनक नै छ । तर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयता, गणतन्त्र र धर्म निरपेक्षता नेपाली जनताको चाहना र आवश्यक्ता नभइ विदेशीको दबाब र प्रभावमा बनाइएको बताएका छन्।

उनले संघीयता, धर्म निरपेक्षता र गणतन्त्र जनताको चाहना नभएकाले त्यस विरुद्ध फागुन ७ गतेबाट देशभर आन्दोलन गर्ने निर्णय लिनु परेको पनि स्पष्ट पारे। मंगलबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय पार्टीको भेलामा बोल्दै थापाले गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई हटाएर राजसंस्थासहितको हिन्दू राज्य स्थापना गर्ने लक्ष्यका साथ आफ्नो पार्टी अघि बढेको बताए।

नेपालको पहिचानलाई जोगाई राख्न पनि मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने थापाको तर्क थियो । थापाले काँग्रेस र कम्युनिस्टले गलत बाटो लिएको दाबी गर्दै आफ्नो पार्टीलाई मुलुकको वैकल्पिक शक्तिको रुपमा विकास गर्ने पनि बताए।

२०७५ पुष २४ गते १६:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर