इच्छा हुने ले के गर्न सक्दैन ? आमाले पकाको भात खाएर नै विदेश को भन्दा धेरै आम्दानी गरे युवकले

आजको खबर   |    प्रकाशित : २०७५ पुष २५ गते ५:२७

हाल नेपालमा उच्च शिक्षाका लागी क्याम्पस जानेको सख्या भन्दा धेरै विभिन्न कन्सल्टेन्सीमा जापनीज , कोरीयन , आएल्स , टोफेल लगायतका कक्षा पढ्नेको सख्या धेरै छ । यस्ता कक्षाहरु पढेर रोजगारका लागी विभिन्न देश जानेको सख्या दिनँहु बढ्दो छ । यसरी दैनिक १०० भन्दा धेरै युवायुवती विदेश पलायन हुँदा स्वदेशमा दक्ष जनशक्तिको एकदमै अभाव छ । धेरै पढेका हरु युरोप , अष्ट्रेलिया जाने , थोरै पढेकाहरु खाडी मुलुक जाने त्यसपछि अधिकाशं त चिट्ठा पारेर अमेरिका जाने को सख्या पनि कम छैन । यसरी दिन प्रतिदिन विदेशमा मात्र भविष्य देखेर वैदेशिक रोजगारमा जानेको सख्या बढ्दा देशमा विकासका कार्य रोक्एिको छ भने अर्कोतिर मुलुक दिनप्रतिदिन अन्तरनिर्भर बन्दै छ । यो सम्पुर्ण नेपालीहरुको लागी लाजमर्दो विषय हो ।

तर चाहने ले के गर्न सक्दैन घरमा आफ्नी आमाले पकाएको खाना खाएर युवाहरुले पनि विदेशमा भन्दा धेरै कमाई गरेको पनि यथार्थ यहाँ छ । त्यस्तै पर्वतका एक युवाले अकबरे खुर्सानी बेचेरै राम्रो कमाइ गरेका छन् । जिल्लाको महाशिला गाउँपालिका वडा नं ५ लुङ्खुका प्रकाश क्षेत्रीले व्यावसायिकरूपमा अकबरे खुर्सानी खेती गर्दै गाउँमै बसेर राम्रो आम्दानी गरिहेका छन् ।

आठ रोपनी जमीनमा खुर्सानी लगाउनुभएका क्षेत्रीले एकपटकको उत्पादनबाट मात्र रु दुई लाख कमाउन सफल भएका छन् । उनले अहिलेसम्म १२ क्विन्टल खुर्सानी उत्पादन भएको र अब यही वर्षमै सोही परिमाणकै खुर्सानी फल्ने बताए । परीक्षणकै क्रममै राम्रो उत्पादन दिएका कारण खुर्सानी खेतीलाई अझै बिस्तार गर्ने उनको योजना छ ।

गाउँपालिकाका अधिकांश वडामा विगतमा तरकारी बाहिरबाट आउने गरेको थियो । पछिल्लो समयमा गाउँपालिकाको सक्रियता र स्थानीयवासीले पनि घरमै तरकारी उत्पादन गर्नुपर्छ भन्ने सोचले बाहिरबाट तरकारी आयात हुनेक्रम घट्दै गएको छ ।

खुर्सानीसमेत ठूलो परिमाणमा महाशिलामा भित्रिँदै आएकामा क्षेत्रीले त्यसलाई रोकेरै छाड्ने दाबी गरेका छन् । अहिले अकबरे खुर्सानी मात्र लगाउनुभएका प्रकाशले यही वर्षबाट रागे खुर्सानीको उत्पादन पनि शुरु गर्ने बताए । यसका लागि उनले भारतको सिलोङ पुगेर रागे खुर्सानीको बीउसमेत ल्याइसकेका छन् ।

युवा कृषक क्षेत्रीको आम्दानी देखेर वडामा अन्य युवासमेत तरकारी खेतीप्रति आकर्षित हुनेक्रम बढेको महाशिला– ५ का वडाध्यक्ष जीवन उच्चै ठकुरीले बताए । उनले भने, “तरकारीमा आत्मनिर्भर बन्नुपर्छ भन्ने अभियान शुरु गरेको गाउँपालिकाले अबको केही वर्षमा निर्यातको बाटो तय गर्दैछ । यो खुशीको कुरा हो ।”

२०७५ पुष २५ गते ५:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर