प्रविधीको प्रयोग , विद्यार्थीको क्षमता वृद्धि गर्न भिडियोको माध्यमबाट कक्षा सञ्चालन

आजको खबर   |    प्रकाशित : २०७५ पुष २५ गते १४:४४

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागले भिडियो प्रविधिको माध्यमबाट जलवायु परिवर्तनबारे कक्षा सञ्चालन गरेको छ ।

विभागले अमेरिकाको बहाइयो स्टेट युनिभर्सिटीका प्रा लो नी जी थोमसनबाट जलवायु परिवर्तनका विषयमा कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ । केन्द्रीय विभागले मौसम र जलवायु परिवर्तनका बारेमा विद्यार्थीलाई अन्तर्राष्ट्रिय शैक्षिक अनुभव दिन भिडियो प्रविधिबाट कक्षा सञ्चालन गरेको विभागका प्रमुख डा दीपक अर्यालले जानकारी दिए ।

उनका अनुसार प्राध्यापक थोमसनले भिडियोको माध्यमबाट यही पुस २४ देखि आगामी वैशाख १० गतेसम्म विद्यार्थीलाई २९ वटा कक्षा अध्ययन गराउनेछन् । सो कक्षामा विद्यार्थीले प्राध्यापक थोमसनसँग प्रत्यक्ष सवालजवाफसमेत गर्नेछन् । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले विश्वका महत्वपूर्ण प्राध्यापकसँग प्रविधिको प्रयोगबाट कक्षा सञ्चालन गरेको भन्दै आगामी दिनमा प्रविधियुक्त कक्षाकोठा निर्माण गरेर यसप्रकारका शैक्षिक कार्यक्रम सञ्चालनको व्यवस्था मिलाइने जानकारी दिए ।

विभागका प्रमुख डा अर्यालले केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीको अन्तर्राष्ट्रियरुपमा दक्षता बढाउन र जल तथा मौसम विषयमा ज्ञानको दायरा फराकिलो बनाउन भिडियो प्रविधिले महत्वपूर्ण अवसर प्राप्त भएको जानकारी गराउनुभयो । भिडियो कक्षामा २६ जना विद्यार्थीको सहभागिता रहेको छ ।

२०७५ पुष २५ गते १४:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर