वर्षमा एक लाख ८० हजार टन मासु निर्यात

आजको खबर   |    प्रकाशित : २०७५ पुष २५ गते १७:१४

उलान बाटोर । मासु निर्यातमा अब्बल मानिएको मङ्गोलियाले पछिल्लो एक वर्षमा एक लाख ८० हजार टन मासु निर्यात गर्नसक्ने अवस्थामा पुगेको छ ।

खाद्य, कृषि र उद्योग मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार देशबाट मासु निर्यात गर्न सकिने पूरा क्षमता एक लाख ८० हजार टन हो । पछिल्ला वर्षहरूमा मङ्गोलियाबाट निर्यात गरिने मासुको परिमाणमा वृद्धि भएको छ, मन्त्रालयका एक उच्च अधिकारीले भने ।

उनले सन् २०१८ मा अहिलेसम्मकै सबैभन्दा धेरै ५४ हजार ९०० टन मासु तथा मासुजन्य पदार्थ निर्यात गरेको पनि जानकारी दिए । मासु मङ्गोलियाको मुख्य उत्पादन मानिन्छ । यहाँको मासुको मूल्य पनि सामान्य रहेको छ ।

२०७५ पुष २५ गते १७:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर