महाकवि लक्ष्मीप्रसाद देवकोटा र कविशिरोमणि लेखनाथ पौड्यालको शालिक निर्माण

आजको खबर   |    प्रकाशित : २०७५ पुष २५ गते १७:३७

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटा र कविशिरोमणि लेखनाथ पौड्यालको शालिक निर्माण गरेको छ ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उहाँहरु प्रतिष्ठानको संस्थापक तथा अग्रज साहित्यकार भएका कारण योगदानलाई स्मरण गर्न अर्धकदको शालिक निर्माण गरिएको जानकारी दिए । देवकोटाको ११० औँ जन्मजयन्ती र पौड्यालको १३५औँ जन्मजयन्तीका अवसरमा प्रतिमा निर्माण गरिएको हो । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले ती प्रतिमा अनावरण गर्ने कार्यक्रम तय भएको छ ।

२०७५ पुष २५ गते १७:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर