मुक्तककार विकास सिवाका २ मुक्तक
आजको खबर | प्रकाशित : २०७५ पुष २६ गते १०:११

मुक्तक न.१
बुहारीको लागि कैले पिजा कैले डल लिएर आउँछ
र आफ्नो लागि साथमा अलकोहल लिएर आउँछ
यो जाडोले कठ्याङ्गरेर मर्नु अघि सोध्छे बुढी,
हाम्रो लागि छोरो कहिले कम्मल लिएर आउँछ ??
मुक्तक न. २
अचानक परिवारमा सबैको मुटु रेटियो
सपनाहरु जति सारा एक पल मै मेटियो
साथीकोमा पढ्न जान्छु भनेर गाकी छोरी,
जब भन्यो प्रहरी ले होटलमा भेटियो ।।
मुक्तककार : विकास सिवा , बिर्तामोड, झापा
२०७५ पुष २६ गते १०:११ मा प्रकाशित