आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यका साथ कृषि, पर्यटन, व्यापार तथा बृहत् सांस्कृतिक महोत्सवको उद्घाटन

आजको खबर   |    प्रकाशित : २०७५ पुष २६ गते १५:१८

नेपालगञ्ज । सङ्घीय सरकारका कृषि, भूमि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले मुलुकको समृद्धि र विकासका लागि आर्थिक सबलीकरण हुनुपर्नेमा जोड दिएका छन् ।

बिहिबार देखि शुरु भएको कृषि, पर्यटन, व्यापार तथा बृहत् सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उनले यसखाले महोत्सवको आयोजनाले मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “नेपालको आर्थिक विकासका लागि कृषिलाई प्राथमिकतामा राख्नुपर्छ र किसानलाई प्रशस्त अनुदान सहयोग उपलब्ध गराउनुपर्छ ।”

माघ ८ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा विभिन्न स्वदेशी तथा विदेशी वस्तु उत्पादनका ३०० कक्ष राखिएका छन् । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारका सांस्कृतिक प्रस्तुतिसमेत हुने संयोजक नन्द बुढाले जानकारी गराए ।

२०७५ पुष २६ गते १५:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर