१८ लाख खाएको भन्दै निर्मला पन्तकी आमामाथि कुटपिट(भिडियोसहित)

आजको खबर   |    प्रकाशित : २०७५ पुष २६ गते १६:१४

काठमाडौं । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब पाँच महिना पुगिसकेको छ । पुरै देशमा हलचल मच्चिएको यो घटनाको दोषी को अहिले सम्म पत्ता लागेको छैन ।

निर्मला हत्याकाण्डमा लापरबाही गरेको भन्दै कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरिसकेको छ । त्यस्तै दर्जनौँको डीएनए परीक्षण गरिसकेको छ तर कसैको पनि मिलेको छैन ।

निर्मला हत्याकाण्डमा लापरबाही गरेको भन्दै सरकारको आलोचना पनि त्यत्तिकै छ । निर्मला पन्तका बुवा यज्ञराज पन्त केही समय अगाडि छोरीको न्यायको लागि अनसनमा बसेका बेला मानसिक सन्तुलन गुमाएको भन्दै उनको त्रिबि शिक्षण अस्पतालमा उपचार भएको थियो ।

त्यसपछि घर फर्किएका पन्त दम्पतीमा अहिले विवाद सिर्जना भएको छ । निर्मलाकी आमा दुर्गादेबी पन्तले अरुले दिएको १८ लाख खाएको भन्दै यज्ञराजले कुटपिट पनि गरेका छन् ।

दुर्गादेबीले सो रकम खाएको भन्दै यज्ञराजले भनेका छन्, ‘छोरीको हत्यारा पनि तँ नै होस्, अब तेरो घरमा म फर्केर पनि आउँदैन । म तेरो घरमा झुण्डिएर मर्छु, तेरो घरमा झुण्डिएर मरेन भने, मेरो मुखमा मुतेस् ।’

यज्ञराज पन्तले त पैसा खाएको भन्दै पाकेको खाना पनि बाहिर फालेको छन् भने दुर्गादेबीलाई कुटपिटका साथै सबैको अगाडि दुव्र्यवहार गरेका छन् ।

भिडियो :-

😭😭#निर्मला_पन्तकि_आमालाई_कुटपिट 😭😭#_निर्मला_पन्तकी_आमा_रुदै #जति_सक्दो_share_गरौं । #निर्मला_पन्तकी_आमाको_सम्मानका_लागि share गरौं ।आखिर कस्ले कुटपिट गरे त निर्मलाकी आमालाई हेर्नू होस भिडियो सहित ।😭😭Bashudev Bhatt Hoho Mrbhattbhai

Posted by Bashudev Bhatt Hoho Mrbhattbhai on Thursday, January 10, 2019

२०७५ पुष २६ गते १६:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर