नेपाल टेलिभिजनमा करारमा कर्मचारी राख्ने सरकारको तयारी

आजको खबर   |    प्रकाशित : २०७५ पुष २७ गते १२:१४

काठमाडौं। सरकारले नेपाल टेलिभिजनमा करारमा कर्मचारी राख्ने कानुनी व्यवस्था गर्ने भएको छ । स्थायीमा रहेका कर्मचारीको क्षमताले मात्रै नेपाल टेलिभिजनको समाचारलगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने सकिने अवस्था नरहेको निष्कर्ष निकाल्दै संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले करारमा कर्मचारी राख्ने कानुनी व्यवस्था गर्न लागिएको जानकारी गराएका हुन्।

शुक्रबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले लिखित परीक्षा पास गरेर आएका समाचार बाचक वा बाचिकाहरुको बोलीमा प्रभावकारी हुने अवस्था नरहेको व्यवहारिक अनुभवले बताएको उल्लेख गर्दै केहीलाई करारमा राखेर सो आवश्यक्ता पूर्ति गर्नुपर्ने अवस्था रहेको जिकिर गरे। समावेशीतालाई असर नपर्ने गरी सो व्यवस्था गर्ने संचारमन्त्री बास्कोटाको योजना छ।

बैठकमा समितिका सदस्यहरुले नेपाल टेलिभिजन र रेडियो नेपालको कार्यक्रमलाई प्रभावकारी बनाउन र जनतामा सहज पहुँच पु¥याउने योजना ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए।

२०७५ पुष २७ गते १२:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर