त्रिभुवन अस्पतालमा ५ घण्टाको निरन्तर प्रयास पश्चात ५ के.जीको ट्युमर निकालीयो

आजको खबर   |    प्रकाशित : २०७५ पुष २८ गते ३:३१

काठमांडौ । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा एक शल्यक्रिया मा बिरामीको लिभरबाट ५ के. जी को ट्युमर निकालिएको छ ।

गत हप्ता भएको यो सर्जरीमा वरिष्ठ डा रमेस सिहँ भण्डारी सहित ४ जनाको टोलीले यो शल्यक्रिया गर्न ५ घण्टा लागेको थियो । ५ घण्टाको निरन्तर मेहेनतले ४४ वर्षिय विरामीको लिभरबाट ट्युमर निकालीएको हो । डाक्टरहरुले यस्तो शल्यक्रिया नेपालमै पहिलो पटक भएको र त्यसलाई हामीले सफल पार्न सकेको बताएका छन् । शल्यक्रिया सफल भए पश्चात् अस्पतालमा धेरै हल्ल चलेको थियो ।

नन्दनी श्रेष्ठ , अजित थापा , प्रमेस श्रेष्ठ लगायतको निरन्तर मेहेनतले यो कार्य सफल भएको हो । “यो हाम्रो लागी चुनौती पुर्ण कार्य थियो तर यसमा बिरामीको पनि सहमति भए पछि हामीलाई यो शल्यक्रिया गर्न सहज भयो र हामी सफल पनि भयौँ । ” डा भण्डारीले भने ।

ट्युमर निकालेपछि विरामी गतहप्ता नै घर फर्केका थिए ।

२०७५ पुष २८ गते ३:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर