वन मुद्दाको आरोप खेपी फरार रहेका दुई अपराधी पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ पुष २८ गते ४:१६

सुर्खेत । जिल्ला अदालतको फैसला कार्यान्वयन गराउने नीतिअन्तर्गत विभिन्न आपराधिक क्रियाकलापमा अदालतबाट सजाय पाई फरार भएका अपराधीमध्ये लेकबेँसी नगरपालिका–७ का ३० वर्षीय नरेन्द्र बुढा र २६ वर्षीय यमबहादुर थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादु्र क्षेत्रीले जानकारी दिएका छन्। वन मुद्दाको आरोप खेपेका दुबैलाई जनही एक दिन कैद र रु एक लाख २५ हजार १६५ जरिवाना तोकिएको उनले बताए ।

त्यस्तै प्रहरी सहायक निरीक्षक कृष्ण अवतार चौधरीको नेतृत्वमा गएको टोलीले बराहताल गाउँपालिका–२ सुर्खेतको दह सामुदायिक वनमा काठ तस्करी गरिरहेका चिङ्गाड गाउँपालिका–६ का २९ वर्षीय सुमन बुढामगरसहित पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट २४ थान छ फुटे साल सात थान, सात फुटे साल पनि बरामद गरिएको छ। काठ तस्करीमा संलग्न अन्य चार फरार छन् ।

२०७५ पुष २८ गते ४:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर