यौन र्दुव्यवहार बाट बच्न सल्लाह दिएकी रानी मुखर्जीको धारणा गलत

आजको खबर   |    प्रकाशित : २०७५ पुष २८ गते ५:५४

बलिउडका अभिनेत्रीहरु विभिन्न समयमा चर्चामा आउने गर्छन् । कोही राम्रा कार्य गरेर सामाजिक संजालमा भाइरल हुन्छन् भने कोही विवादास्पद कार्य गरेर पनि भाइरल हुन्छन् । यस्तै क्रममा हिन्दी सिनेमाकी चर्चित अभिनेत्री रानी मुखर्जी एकदमै चर्चामा आएकी छन् ।

सन् २०१८ मा बलिउडमा निकै चर्किएको मीटू अभियानका कारण अभिनेत्री रानी मुखर्जी बबाल ट्रोल भएकी छन् । हालै सिएनएन–न्युज १८ का राजीव मसन्दले चलाएको एक्ट्रेस राउन्ड टेबलमा रानीले व्यक्त गरेका विचारका कारण उनी ट्रोलमा परेकी हुन् ।

दीपिका पादुकोण, अनुष्का शर्मा, आलिया भट्टसमेत समावेश भएको कुराकानीमा उनले महिलाले हरेक कुराका लागि आफैँ जिम्मेवारी लिनुपर्ने र यौन दुव्र्यवहारबाट जोगिन सबै स्कुलमा छात्रालाई सेल्फ डिफेन्स तथा मार्सल आर्टस सिकाउनुपर्ने धारणा राखेकी थिइन् ।

उनको कुरामा कोही पनि सहमत भएनन् । हुँदाहुँदा उनले कुनै पनि आमालाई कसैले पनि आफ्ना सन्तानलाई कसरी हुर्काउने भन्न नहुनेसम्म पनि भन्न भ्याइन् । त्यसपछि सामाजिक सञ्जालमा उनी ट्रोलमा परिन् ।

२०७५ पुष २८ गते ५:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर