प्रताप दासको नयाँ गीतमा आँचल र पल (हेर्नुहोस् भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ पुष २८ गते ५:५०

काठमाडौँ । नेपालकै पहिलो अन्तराष्ट्रिय फ्रेन्चाइज गायन रियालिटि शो नेपाल आइडल सिजन १ का सेकेन्ड रनरअप गायक प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ । “के नै छ र…”  बोल रहेको उक्त गित अफिसियल प्रदिप चापागाई युटुब च्यानल मार्फत हिजो सार्बजनिक भएको हो ।

नेपाली सिने जगतका चर्चित जोडी पल शाह र आँचल शर्माको अभिनय रहेको उक्त म्युजिक भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका छन्। अष्ट्रेलियावासी गायक तथा गीतकार प्रदिप चापागाईँको शब्द, कल्याण सिंहको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको गीत डान्सिङ थिममा बनाइएको छ। भिडियोमा नायक पल र नायिका आँचलको निकै नै दमदार नृत्य देख्नसकिन्छ ।

हेर्नुस् भिडियो :

२०७५ पुष २८ गते ५:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर