१२ करोड ३५ लाख जरिवाना तोकिएको फरार व्यक्ति पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ पुष २८ गते ६:४७

काठमाडौँ । महानगरीय अपराध महाशाखाले दुई वर्ष कैद र रु १२ करोड ३५ लाख जरिवाना तोकिएको फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले ललितपुर महानगरपालिका–३ स्थित बिटुलिन तथा ब्यारेल उद्योग लिमिटेडका सञ्चालक अशोककुमार श्रेष्ठको जाहेरीका आधारमा जिल्ला अदालत ललितपुरबाट सजाय तोकिएका रु १२ करोड ३५ लाख ९६ हजार ५०४ ठगी गरी फरार भक्तपुरका ५२ वर्षीय मोहनमणि दाहाललाई पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले विसं २०७४ मङ्सिर १४ को फैसलाअनुसार जरिवाना र कैद सुनाएका दाहाललाई शुक्रबार बालुवाटारबाट पक्राउ गरीएको जानकारी दिए । पक्राउ दाहाललाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत ललितपुर पठाएको प्रवक्ता उप्रेतीले बताए ।

२०७५ पुष २८ गते ६:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर