मौसममा सुधार

आजको खबर   |    प्रकाशित : २०७५ माघ २७ गते ८:४४

काठमाडौँ,। मुलुकभरको मौसम आज पहाडी भू–भागमा आंशिक बदली रहेपनि बाँकी क्षेत्रमा सामान्यतयाः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ ।

गत साताको वर्षा र हिमपातपछि मौसम सफा हुँदै गएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । सोमबार र मङ्गलबार भने पश्चिमी क्षेत्रमा मौसममा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ ।

२०७५ माघ २७ गते ८:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर